बिर्तामोड, स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै पुर्याउने उद्देश्यले स्थापना गरिएको “जीवन रक्षा होमकेयर” ले बिर्तामोडमा आफ्नो सेवा सुरु गरेको ६ महिना पूरा गरेको छ। बिर्तामोड-४, लिटिल फ्लावरबाट १०० मिटर दक्षिण, मनाली गेट अगाडि रहेको कार्यालयबाट सेवा सञ्चालन भइरहेको छ।
जीवन रक्षा होमकेयरले दीर्घरोगी, वृद्धवृद्धा, अपांगता भएका बिरामी तथा अस्पताल पुग्न असहज भएका सेवाग्राहीहरूलाई लक्षित गर्दै घरमै नर्सिङ सेवा, फिजियोथेरापी, नियमित स्वास्थ्य परीक्षण, औषधि व्यवस्थापन, र डाक्टर परामर्श सेवा प्रदान गर्दै आएको छ। अनुभवी चिकित्सक र दक्ष स्वास्थ्यकर्मीहरूको टोलीले सेवा पुर्याइरहेका छन्, जसले गर्दा बिरामीहरूलाई घरमै अस्पतालजस्तै सुविधा अनुभूति गराउने लक्ष्य लिइएको छ।
जीवन रक्षा होमकेयरका संस्थापक तथा CEO डा. चेवनराज कार्कीले संस्थापनाको भावनात्मक प्रेरणाको बारेमा भनिरहेका छन्ः
“म घरमा एक्लो छोरा हुँ। आमा–बुबाबाट टाढा हुँदा उहाँहरूको हेरचाह गर्न नसक्दा मनमा सधैं एक किसिमको खालीपन महसुस हुन्थ्यो। हाम्रो घरमा पाल्तु जनावर बिरामी हुँदा पशु चिकित्सकहरू घरमै आएर उपचार गर्ने व्यवस्था थियो। तर, जब बुबाआमा बिरामी हुनुहुन्थ्यो—जस्तै सामान्य प्रेसर, सुगर जाँच वा औषधि ल्याउने कुरामा—त्यस बेला कोही सहयोगी पाइँदैनथ्यो।”
उहाँ थप्नुहुन्छ, “त्यसैले आजको व्यस्त जीवनशैलीमा एक प्रभावकारी समाधानका रूपमा जीवन रक्षा होमकेयर स्थापना गरियो। हाम्रो उद्देश्य– मानिसहरूलाई आफ्नै घरमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो, ताकि उनीहरूले अस्पतालजस्तो अनुभूति घरमै पाउन सकून्।”
जीवन रक्षा होमकेयरले “हर घरमा अस्पताल” भन्ने नाराका साथ सेवा विस्तार गरिरहेको छ। सेवा सुरु गरेको छोटो अवधिमै बिर्तामोड क्षेत्रका बासिन्दाबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ, र कम्पनीले भविष्यमा झनै व्यापक सेवाहरू थप्ने योजना अघि सारेको छ।
सम्पर्क विवरण:
कार्यालय ठेगाना: बिर्तामोड-४, झापा (लिटिल फ्लावरबाट १०० मिटर दक्षिण, मनाली गेट अगाडि)
फोन: 9709091931
ईमेल:jeevanrakshyahomecare@gmail.com