प्रथमअर्जुनधारा खुल्ला साइकल दौड प्रतियोगिता–२०८२को उपाधि राजवंशीलाई

0
18

अर्जुनधारा, झापा मेचीनगर–१० निवासीमिलन राजवंशीले प्रथमअर्जुनधारा खुल्ला साइकल दौड प्रतियोगिता–२०८२को उपाधिजित्न सफलभएको छ ।
आन्तरिक पर्यटन प्रबद्र्धन एवम् वातावरण संरक्षण गर्ने उद्देश्यले अर्जुनधारा–६स्थितकप्तानवारी युवा परिवारको आयोजनामाशनिबार सम्पन्नभएको उक्तप्रतियोगितामा ३४ मिनेट एक सेकेन्डमा दौड पूरा गरि उनले उपाधिजित्न सफलभएको हो ।
त्यसैगरी ३५ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरेका मेचीनगर–४काअर्जुन बस्नेत दोस्रो, ३६ मिनेट २६ सेकेन्डमा दौड पूरा गरेकाबिर्तामोड–१काबादललिम्बू तेस्रो, ३६ मिनेट ४३ सेकेन्डमा दौड पूरा गरेकाअर्जुनधारा–६का साहिल नेपालचौथो र ३९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरेकाबिर्तामोड–४काप्रबल वैद्य पाँचौ भएका छन् ।
प्रतियोगितामापहिलो, दोस्रो र तेस्रो हुने सहभागीलाई नगद पुरस्कार क्रमश १५ हजार, १० हजार र पाँचहजारसहित प्रमाण पत्र र मेडल प्रदानगरिएको थियो । त्यस्तै चौथो र पाँचौ हुने सहभागीलाई नगद पुरस्कार जनही एक हजार ५०सहित प्रमाण पत्रप्रदानगरिएको थियो ।
अर्जुनधारासहितबिर्तामोड, मेचीनगर र भद्रपुर पालिकाका ४४ जनाको सहभागिता रहेको प्रतियोगिताकालागिअर्जुनधारा र बुद्धशान्तिका १८ किलोमिटर दुरी कायमगरिएको थियो । जसअनुसार कप्तानबारी चोकबाट सुरु भएको दौड कञ्चनबारी–अर्जुनधारा जलेश्वर धाम–नारायणचोक–गढी–सिस्ने–जयपुर–लक्ष्मीपुर–पुष्पलालचोक हुँदै पुनःकप्तानबारी चोक आएपछि समपन्नभएको थियो ।
त्यसैगरी यू–१३तर्फ २१ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरेकाबिर्तामोड–५ निवासी रोजलशाक्यपहिलो, २३ मिनेट २९ सेकेन्डमा दौड पूरा गरेकाअर्जुनधारा–६का रोशनलिम्बू दोस्रो र २५ मिनेट ३३ सेकेन्डमा दौड पूरा गरेकाअर्जुनधारा–६काप्रिन्स दनुवार तेस्रो भएका छन् । उनीहरुलाई नगद पुरस्कार क्रमशपाँचहजार, तीनहजार र दुई हजारसहित प्रमाण पत्र र मेडल प्रदानगरिएको थियो ।
३१ जनाको सहभागिता रहेको यू–१३तर्फ सातकिलोमिटर दुरी कायमगरिएको थियो । जसअनुसार कप्तानबारी चोकबाट सुरु भएको दौड कञ्चनबारी–अर्जुनधारा जलेश्वर धाम–नारायणचोक–शनिश्चरे बजार–मिलनचोक–लक्ष्मीपुर–पुष्पलालचोक हुँदै पुनःकप्तानबारी चोक आएपछि सम्पन्नभएको थियो ।
त्यस्तै महिलातर्फ बिर्तामोड–५कि सुष्माशाक्य र भेट्रान्सतर्फ भद्रपुर नगरपालिकाकानिवर्तमानप्रमुखजीवनकुमार श्रेष्ठ पहिलोभएकाथिए । उनीहरुलाई नगद पुरस्कार जनही एक हजार ५०सहित प्रमाण पत्रप्रदानगरिएको थियो ।
आयोजक परिवारकाअध्यक्षएवम् प्रतियोगिताका संयोजक सन्तोष दनुवारको अध्यक्षतामाआयोजितकार्यक्रममाप्रमुखअतिथिअर्जुनधारा नगरपालिकाकीउपप्रमुखखड्गमाया पराजुली, अर्जुनधारा–६का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, अर्जुनधारा नगर खेलकुदविकास समितिकाअध्यक्ष सुरेन्द्र धिमाल, प्याब्सनझापाका सदस्य सुमन शर्मा जम्मरकट्टेललगायतले उनीहरुलाई पुरस्कृत गरेकाथिए । उक्तकार्यक्रमको सञ्चालनप्याब्सनअर्जुनधाराकानिवर्तमान सचिव राजेशकुमार आचार्यले गरेकाथिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here