कोशी प्रदेशमा अपराधका ९ हजार ४६१ मुद्दा दर्ता

0
21

विराटनगर ।

कोशी प्रदेशमा विभिन्न अपराधसँग सम्बन्धित ९ हजार ४ सय ६१ वटा मुद्दा प्रहरीमा दर्ता भएको छ। यो तथ्यांक पछिल्लो १ वर्षको हो। २०८१ वैशाखदेखि चैतसम्म अघिल्लो वर्षको तुलनामा ३ सय ३५ बढी मुद्दा दर्ता भएका छन्। २०८० को वैशाखदेखि चैतसम्म ९ हजार १ सय २६ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए।

कोशीमा १४ जिल्ला छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार २०८१ को वैशाखमा ८ सय ४१, जेठमा ९ सय ६२, असारमा ९ सय ६७, साउनमा ९ सय ६२, भदौमा ८ सय १७, असोजमा ६ सय १८, कात्तिकमा ८ सय ४६, मंसिरमा ७ सय २५, पुसमा ६ सय ३०, माघमा ६ सय ८३, फागुनमा ६ सय ६५ र चैतमा ७ सय ७२ मुद्दा दर्ता भएको छ।

आत्महत्याका १ हजार २ सय ३, बैंकिङ कसुरका १ हजार ८९, लागुऔषधका १ हजार १ सय ५, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरका १ हजार ८ र भवितव्य ज्यान सम्बन्धी ७ सय ७२ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ।

चोरीका ४ सय ३०, जबरजस्ती करणीका ३ सय ९०, सवारी ज्यान सम्बन्धी २ सय ९९, ठगी र आपराधिक विश्वासघातका १ सय ९८, ज्यान मार्ने उद्योगका १ सय ३०, बहुविवाहका १ सय ८ र कर्तव्य ज्यानका ९० वटा घटना दर्ता भएका छन्। त्योबाहेक अन्य विभिन्न आपराधिक घटनासँग सम्बन्धित मुद्दा प्रहरीमा दर्ता भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here