बिर्तामोड ।
वीरता जेसीजको नेतृत्व सम्हाले लगत्तै जेसीजका अध्यक्ष युवरा कुँवरले आफ्ना सदस्यहरु माझ गरेका प्रतिबद्धताहरु पुरा गर्न शुरु गरेका छन् ।
आफुले जेसीजको नेतृत्व लिएमा सबै सदस्यको दुर्घटना तथाा स्वास्थ्य विमा गरिदिने बचन दिएका अध्यक्ष कुँवरले प्रतिबद्धता अनुसार आज आफ्ना सदस्यको विमा गरिदिएका हुन् । अध्यक्ष कुँवरले संस्थाका सबै सदस्यहरूको लागि नेपाल माइक्रो इन्स्योरेन्ससंगको सहकार्यमा एक–एक लाख रुपैयाँको सामुहिक दुर्घटना विमा गराएका हुन् ।
सदस्यहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै अध्यक्ष कुँवरले बीमा योजना कार्यान्वयनमा ल्याएका हुन् । बीमाबाट कुनै अप्रत्याशित दुर्घटनाको अवस्थामा आर्थिक राहत प्रदान हुने विश्वास गरिएको छ।
उक्त निर्णयले संस्थामा सदस्यहरूको मनोबल अझै उच्च बनाएको र सबैलाई आपसी सद्भाव र उत्तरदायित्वप्रति सजग बनाएको बताइएको छ ।
युवाहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गर्दै स्वास्थ्यमा सजग गराउने उद्धेश्यका साथ विमा गरेको अध्यक्ष कुँवरको भनाई छ ।