जिल्ला सहकारी संघको पद हस्तान्तरण

0
35

झापा, जिल्ला सहकारी संघ झापाको पद हस्तान्तरण सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच पद हस्तान्तरण भएको हो । संघको आठौँ अधिवेशनबाट निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिलाई पद हस्तान्तरणसंगै पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको थियो । निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले उनीहरुलाई सपथ ग्रहण गराएका थिए ।

निर्वाचनबाट अध्यक्षमा प्रेमकुमार कोइराला, वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, उपाध्यक्षमा नारायणप्रसाद भट्टराई, महिला उपाध्यक्षमा देवी निरौला बस्नेत, सचिवमा भवानीप्रसाद दंगाल, सहसचिवमा टसबहादुर श्रेष्ठ र कोषाध्यक्षमा केशव बस्नेत निर्वाचित भएका थिए ।

त्यस्तै, सदस्यहरुमा नारायण गौतम, प्रेमसागर सापकोटा, काशीनाथ घिमिरे, खुला महिला सदस्यहरु विन्दाकुमारी थापा, निलाकुमारी दाहाल, संगीता गजुरेल र पुष्पा अधिकारी चम्लागाईं निर्वाचित भएका थिए ।

त्यस्तै, क्षेत्र नम्बर १ मा देविमाया अधिकारी, २ मा युवराज गौतम, ३ मा हरिकृष्ण अधिकारी, ४ मा तिलकप्रसाद सिंह राजवंशी र ५ मा पदम लिम्बू लिङदेन निर्वाचित भएका थिए ।

लेखा सुपरीवेक्षण समिति संयोजकमा चूडामणि ओझा, सदस्यमा मिलन आचार्य र राजेन्द्रप्रसाद रिजाल निर्वाचित भएका थिए ।

संघका सल्लाहकार संयोजक रामचन्द्र उप्रेती, निर्वाचन संयोजक भण्डारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) महासचिवमा घनश्याम अधिकारी, नेपाल कृषि सहकारी संघकी मिनाकुमारी ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

महिला उपाध्यक्ष चम्फा खनाल सुवेदीले स्वागत गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष गणेश ढकालले धन्यवाद दिएका थिए भने सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गिरीले झापाका सहकारीलाई पर्यटन हबको रुपमा प्रवद्र्धन गर्नसके सहकारीले नयाँ रुप दिनसक्ने सुझाव दिएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here