किराती पहिचान झल्कने ‘साङ्केन क्रिएसन’ बिर्तामोडमा

0
51

बिर्तामोड ,  झापाको बिर्तामोडमा साङ्केन क्रिएसन सञ्चालनमा आएको छ । किराती पहिचान झल्कने सम्पूर्ण भेषभूषा, गरगहना, बाजागाजा तथा खाद्यन्न सामाग्री पाइने साङ्केन क्रिएसन सञ्चालनमा आएको हो ।

उक्त पसलको आज बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानले उद्घाटन गरेका छन् । काठमाडौंमा १० अघिदेखि सञ्चालनमा रहेको कराती पहिचान झल्कने साङ्केन क्रिएसनले बिर्तामोडमा शाखाको रुपमा स्थापना गरेको सञ्चालन गौरीमान राईले जानकारी दिए ।

सञ्चालक राईका पिता शेरबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका संघका अध्यक्ष राजु न्यौपाने, किरात राई यायोख्या झापा अध्यक्ष गणेश राईले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष जीवन खड्का, बिरात याक्थुम चुम्लुङ झापा सचिव भीममाया कन्दङ्वा, धार्मिक अभियन्ता सरिता लिङ्देन, सञ्चालक राईकी माता पवित्रा राईलगायतको आतिथ्य रहेको थियो ।

किराती पहिचान, हाम्रो अभियान, मौलिक पहिरन हाम्रो सान भन्ने मुख्य उदेश्यसहित स्थापना भएको क्रिएसनमा किरातीहरुको धर्म र संस्कृतिसँग सम्बन्धीत सम्पूर्ण सामाग्री उपलब्ध रहेको सञ्चालक राईले जानकारी दिए । उनले अनुसार क्रिएसनबाट होम डेलिभरी र अनलाइन अर्डरको सुबिधा पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here