अर्जुनधाराबाट ब्राउन सुगरसहित पक्राउ

0
7

बिर्तामोड ।

झापाको अर्जुनधारा– ८ का ३२ वर्षीय अर्जुन राजवंशी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

अर्जुनधारा– ८ मा लागूऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खानतलासी लिँदा राजवंशीको साथबाट प्लास्टिकसहित ७३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

त्यसपछि घरबाहिर दाउरा राख्ने कटेरोमा लुकाई राखेको प्लास्टिकसहित थप ३ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्लास्टिकबाहेक ३ ग्राम ९० मिलिग्राम , ९ वटा एम्पुल र नगद २७ हजार ६७० रुपैयाँसहित राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here