पथरी शनिश्चरे ।
मोरङको रतुवामाई नगरपालिका–२ घरु चोकबाट गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–९ का २५ वर्षीय मनिष राई, ३३ वर्षीय डिकेन्द्र तामाङ, पथरीशनिश्चरे नगरपालिका–२ का ३१ वर्षीय बुद्धिराज राई र ३० वर्षीय सूर्य विक रहेका छन्।
मनिष र डिकेन्द्र मे ९ प ५६९५ नम्बरको मोटरसाइकलमा सवार थिए भने बुद्धिराज र सूर्य को २७ प ८५५३ नम्बरको मोटरसाइकलमा सवार थिए। लागूऔषध ओसारपसारमा प्रयोग भएको दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।
मनिष राईको साथबाट ७.४३० ग्राम र बुद्धिराज राईको साथबाट ४.७५० ग्राम खैरो हेरोइन बरामद गरिएको छ। बरामद लागूऔषध, मोटरसाइकल र चारै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।