बिराटनगर,
मोरङको कानेपोखरी गाउँपालिकाले लोकसेवा तयारी कक्षा सन्चालन गरेको छ । नोभा फाउन्डेसन प्रालिको प्रविधिक सहकार्यमा र कानेपोखरी गाउपालिकाको आर्थिक सहयोगमा लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको हो ।
“लोकसेवा तयारी कक्षा उद्घाटन समारोह” मा कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले कानेपोखरीका युवा जनशक्ति लाई नेपालमै टिकाउन र युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन आयोग तयारी कक्षा सञ्चालन गरिएको बताईन्।
अध्यक्ष इङ्नामले कार्यक्रम सफलता सहित सबै बिधार्थीहरुलाई आफूलाई अब्बल साबित गरी पालिकाको नाम आफ्नो नाम उच्च बनाउन आग्रह गर्दै शुभकामना दिईन्।
प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव , जनसेवा माबिका प्रअ प्रमोद निरौला, प्रशासन अधिकृत मचिन्द्र थलङ लगायतको उपस्तिथि रहेको थियो ।
लोकसेवा तयारी कक्षा ५० दिनसम्म सञ्चालन हुनेछ। कक्षा रमाइलोस्थित जनसेवा माध्यमिक विद्यालयको सभाहलमा सञ्चालन हुनेछ ।
नोभा फाउन्डेसनले प्रविधिक पक्षमा सहकार्य गर्दै शिक्षणलाई प्रभावकारी बनाउने उद्देश्य राखेको छ भने गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा अझ व्यापक बनाउने प्रतिबद्धता जनाएको छ । यस्तै पालिकाको सहयोग मा शिक्षक सेवा आयोगको पनि चाडै कक्षा सन्चालन हुनेछ।