अनलाइन जुवा खेलाएको आरोपमा आमाछोरी पक्राउ

0
39

झापा ।

इलाका प्रहरी कार्यालय अनारमनीले अनलाइन सट्टाबाजी (अनलाईन जुवा) खेलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ लक्ष्मीपुर निवासी ४१ वर्षीया इन्दिरा प्रसाई र उनकी २१ वर्षीया छोरी सिम्रन प्रसाई रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठले जानकारी दिए ।

कनकाई नगरपालिका–८स्थित लक्ष्मीपुरमा अनलाइन जुवा खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले छापा मारेको र उनीहरुलाई पक्राउ गरिएकोे जनाइएको छ । उनीहरुको साथबाट ५ थान मोबाइल सेट, २ थान ट्याब र एउटा ल्यापटप बरामद भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । आमा छोरीले कर्मचारी राखेर अनलाइन जुवा सञ्चालन गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले बिर्तामोडमा २५ जना कर्मचारी राखेर अनलाइन जुवा खेलाउने गरेको बताइएको छ । अमेरिकाबाट सञ्चालन हुँदै आएको यो घटनामा अन्य व्यक्ति समेत पक्राउ पर्न सक्ने भएपछि अनुसन्धान प्रभावित पार्नका लागि गृह प्रशासनको ‘सोर्स’ लगाएको स्रोतको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here