झापा । नेकपा एकीकृत समाजवादी का महासचिव घनश्याम भुसालले एमाले आफ्नै दुःखले कमजोर भइसकेकोले गल्दै गल्दै गएर झर्न लागेको टिप्पणी गर्नुभएको छ ।
उहाँले त्यहाँ निराशा बाहेक केही नभएको तर्क गर्दै एमालेमा बसेकाहरुमा कोही पनि स्वाभिमानका साथ नबसेको विचार व्यक्त गर्नुभयो । दोस्रो पुस्ता पनि स्वार्थमै डुबेको छ, उहाँले भन्नुभयो, उनीहरु स्वार्थमा पार्टीभित्र बाहिर पनि बिकिसेका छन् ।
भुसालले दश बुँदे एमाले पक्षका नेताहरुप्रति लक्षीत टिप्पणी गर्ने क्रममा भन्नुभयो, अब उनीहरु त्यहाँभित्र जोखिम मोल्न तयार देखिदैनन् । सत्तामा रहन जे पनि गर्न सक्नेहरुको गठबन्धन रहका कारण आउने चनाबको परिणाम यो भन्दा डरलाग्दो हुने टिप्पणी गर्नुभएको छ । उहाँले झापामा पार्टीद्धारा आयोजित भेलालाई सम्बोधन गर्र्दै भन्नुभयो, यही ताल हो भने ८४ मा कसैको पनि बहुमत आउने छाँट छैन ।
आजको सत्ता यही गतिमा गएमा आउने खतरा सामना गर्न उनीहरु सक्षम नभएको उहाँको टिप्पणी छ । एमाले र कांग्रेस भयंकर गलेका छन्, यत्तिकै रहिरहेमा ८४ को चुनाबले अझै डरलाग्दो अस्थिरता निम्त्याउने संभावना छ, भुसालको भनाई छ । पार्टीको झापा जिल्लाबाट हालै निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण तथा प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीले लिएको समाजवादी कार्यक्रम र संघर्षको योजना अनुरुप अगाडि बढ्न निर्देशन दिनुभएको थियो । नव निर्वाचित अध्यक्ष वीपी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा झापा इन्चार्ज पुष्प पोखरेलले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन सचिब सानुकुमार लामाले गर्नुभएको थियो ।