बालज्योति आविका ५२ जना विद्यार्थीलाई विद्यालय झोला

0
48

अर्जुनधारा ।

इनरव्हील क्लब अफ अर्जुनधाराले अर्जुनधारा–९ खरबन्दीस्थित बालज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई बिहीवार एक कार्यक्रमकोबीच विद्यालय झोलासहित खाजा वितरण गरेको छ ।

क्लबले सामाजिक उत्तरदायित्वलाई वहन गर्दै विद्यालयका ५२ जना विद्यार्थीलाई झोलासहित जुस र बिस्कुट वितरण गरेको क्लबकी अध्यक्ष विनिता थापा तामाङले जानकारी दिइन् ।

क्लबकी अध्यक्ष तामाङको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुँवरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समितिकी सदस्य सचिव एवम् प्रधानाध्यापक पूजा भारतीले धन्यवाद ज्ञापन गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन क्लबकी सचिव प्रभा नेपालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here