चुलाचुलीका कृषकको मुख्य पेसा पशुपालन

0
19

चुलाचुली,

दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका कृषकको मुख्य पेसा भनेकै पशुपालन व्यवसाय हो । झापा र मोरङ संग सिमाना जोडिएको यस गाउँपालिकाका नागरिकको आम्दानीको मुख्य श्रोत भनेकै पशुपाल हो ।

चुलाचुली गाउँपालिकाको भौगोलिक अवस्था नै पशुपालनका लागि उपयुक्त छ । गाउँपालिकाको जम्मा घरधुरी संख्या ५ हजार ६ सय १३ मध्ये पशुपालनमा ४ हजार ७ सय ८८ घरधुरी आवद्ध रहेका छन् । यो कुल घरधुरी संख्याको ८५ प्रतिशत हो ।

गाउँपलिकामा रहेका नागरिक मध्ये यति ठुलो संख्यामा पशुपाल व्यवसायमा आवद्ध भएपछि त्यसलाई दिगोपन दिदै र कृषकलाई व्यवसायीक बनाउन तर्फ जनप्रतिनिधी लागि परेका छन् । चुलाचुली गाउँपालिकाका कृषको मुख्य पेशा पशुपालन हो । चुरे पहाडको फेदमा रहेकोले प्रशस्तै चरण क्षेत्र भएकाले समेत यो गाउँपािलकाका कृषक पशुपालन तर्फ लागेका हुन् । त्यसमा जनप्रतिनीधीले समेत पशुपालन व्यवसायमालागेका कृषकलाई विभन्नि अनुदान सहयोग गरेकोले पनि पशुपालनको क्षेत्रमा यती ठुलो परिवर्तन आएको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्गले बताए ।

गाउँपालिकाका नागरिकको मुख्य पेशा भनेके पशुपालन हो । त्यसैले पशुपालकालागी पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । पालिकाको तर्फ बाट व्यवसायीक कृषकलाई विभिन्न अनुदान समेत उपलब्ध गराएको गाउँपालिकाकी उपाध्यक्ष दिल कुमारी लिम्बु बताउछिन् ।

गाउँपालिका पशुसेवा शाखाको तर्फ बाट पशुपालक कृषककालागी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं । पालिकाको आफ्नै श्रोत साधन तथा प्रदेश र संघीय सरकारको समन्वयमा अनुदान वितरण गरेका छौ भने ,निःशुल्क औषधी वितरण, पशु आहाराका कार्यक्रम, भ्याक्सिनेसन, बिउ बोका वितरण लगायतका कार्यक्रम सञ्चलान गरका छौ भने ईलाम जिल्लाका सबै स्थानिय तहलाई रोखेत मुक्त गाउँपालिका घोषणा गर्नकालागी भ्याक्सिनेसनको काम समेत भै रहेको पशुसेवा शाखा प्रमुख महेश राइले बताए ।

चुलाचुली १ मा गाउँपालिको सिफारिसमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश सरकार बाट प्राप्त जनही ५ लाख रुपैया अनुदानले दुलाल नमुना बाख्रा फर्म र सोहि स्थानमा चुलाचुली बाख्रा फर्म सञ्चालनमा रहेका छन् । लगानी अनुसार बाख्रा पालन बाट राम्रो आम्दानी हुदै छ ।स्थानिय सरकार बाट प्राविधिक सेवा उपलब्ध भएको छ भने विभिन्न रोग विरुद्धको भ्याक्सिन समेत समेत प्राप्तहुने गरेको चुलाचुली बाख्रा फर्मकी सञ्चालक महेन्द्र कुमारी कार्की बताउछिन् ।

चुलाचुली गाउँपालिका पशुपालनका लागी अत्यन्तै राम्रो मानिन्छ । व्यवसायीक रुपमा पशुपालन गर्दै आएका कृषकलाई स्थानिय, प्रदेश र सघिय सरकार बाट प्रशस्तै अनुदान वितरण गरिएको छ । अनुदान पाएपछि कृषकले उत्पादन समेत गरेका छन् । तर उत्पादिन बस्तुते बजार नपाएको र बजारी करणकालागी तिनै तहका सरकारको कुनै पनि पहल नभएको कृषकको गुनासो छ ।

सरकारले उत्पादनमा मात्र लगानी गर्नुभन्दा आगामी दिनमा बजारीकरण तर्फ ध्यान दिन आवश्यक छ । आफुले उत्पादन गरेको बस्तुले बजार नपाएका कारण अधिकांश कृषक बैंकको कर्जा तिर्न नसकेर विदेश पलाएन हुने अवस्था श्रृजना भएको छ ।

स्थानिय सरकारले आगामी दिनमा अनुदान रकमलाई हटाउदैं कृषकले उत्पादन गरेका बस्तुको बजारीकरण गर्न सके अधिकाश युवाहरु पशुपालन पेसा तर्फ आकर्षण हुने थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here