बिर्तामोड उद्योग वाणिज्य संघको राहत कोषमा भट्टराईद्वारा ५१ हजार रुपैयाँ प्रदान

0
102

झापा,  बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

संघको कार्यालयमा आयोजित कार्यक्रमकाबीच भट्टराईले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन् । भट्टराई संघका विशिष्ठ सदस्य हुन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर संघले स्थापना गरेको कोषमा सहयोग पु¥याएको र कोषमा एक करोड रुपैयाँ नपुग्दासम्म हरेक वर्ष आफ्नो जन्म दिनमा सहयोग प्रदान गर्ने बताए ।

श्रीमती सुमित्रासहित संघको कार्यालयमा आएका उनले कोषमा रकम प्रदान गर्दै व्यवसायीकै हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले काम गरिरहेको र कोष वृद्धिका लागि रकम जुट्ने क्रम पनि जारी रहेको बताए ।

भट्टराई अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हुन् भने एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष हुन् । यो संगै उनी विभिन्न सामाजिक र व्यवसायिक संघ सस्थामा आवद्ध छन् ।

कोष वृद्धिका लागि सहयोग प्रदान गरेका भट्टराईलाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्रसहित सम्मान गरेको छ । कदरपत्र संघका अध्यक्ष न्यौपाने,कोषका संयोजक राजकुमार घिमिरे राजु, उपाध्यक्ष जीवन खड्का, गोमा भट्टराई , महासचिव कुशल खतिवडा लगायतले संयुक्त रुपमा प्रदान गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी सदस्य राहत कोष स्थापना गरेको हो । कोषमा हालसम्म झण्डै २० लाख रुपैयाँ संकलन भएको बताइएको छ ।

यता उनले आफ्नो जन्म दिनको अवसर पारेर स्वच्छ समाजलाई आर्थिक सहयोग गरेका छन् । उनले अभियानका संयोजक गणेश ढुङ्गाना तथा वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापालाई नगद २५ हजार रपैयाँ सहयोग प्रदान गरेका हुन्।


स्वच्छ समाजका लागि सामाजिक अभियानले झापाको अर्जुनधारा ११ मा दिनदुःखी तथा गरिब असहायहरु राख्ने आश्रम निर्माण गर्ने उदेश्यले दुई कठ्ठा सातधुर जग्गा खरिद गरेको छ । उक्त जग्गाको रकम अझै पनि तिर्न बाँकी रहेको अभियानका संयोजक ढुङ्गानाले बताए । एक दशक बढी समयदेखि ढुंगानाले सहर बजारमा फ्याकिएका फोहोर तथा प्लास्टिकहरु संकलन गरेर अनाथलय निर्माणका लागि लागि परिरहेका छन् ।उनको अभियानलाई सानोे भएपनि सहयोग गरिएको भट्टराईले बताए । उनले अभियानले सञ्चालन गरेको एक हात जमिन वरावरको ७० हजार रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता समेत जनाए ।

वोनम्यारो पीडित बालकलाई आर्थिक सहयोग

यता भट्टराईले बिर्तामोड ५ स्थित त्रिवेणी टोलका वोनम्यारो पीडित चार वर्षीय बालकलाई समेत आर्थिक सहयोग गरेका छन्।
विगत चार वर्षदेखि वोनम्यारो क्यान्सरबाट पीडित बनेका मुकेश ठाकुरका छोरा उज्ज्वल लाई आज उनकै घरमा पुगेर उनले दम्पत्तीले नगद २५ हजार सहित चामल तेल चिउरा लगायतका सामग्री प्रदान गरेका हुन् । पाँचधुर जग्गामा सानो छाप्रोमा बस्दै आएका ठाकुर परिवारको अवस्था दयनीय छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको दक्षिणपट्टि सैलुन चलाएर दैनिक जीविका चलाइरहेका ठाकुरको छोरालाई आर्थिक अभावकै कारणले अहिले उपचारमा समस्या भइरहेको छ । उनले जन्मदिनमा गरिने विभिन्न फजुल खर्चलाई कटौती गर्दै सामाजिक कार्यमा खर्च गरिएको बताए ।
यसअघि पनि समाजसेवी भट्टराईले उनीसहित उनको परिवारको जन्मदिनमा विभिन्न दिनदुःखी असाहय ,अशक्तहरुलाई सहयोग गर्दै आइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here