‘फेदाप –प्रज्ञान’ लोकार्पण तथा ‘तेह्रथुमको साहित्यिक इतिहास’ माथि परिचर्चा

0
27

बिराटनगर,

 

तेह्रथुममा ‘फेदाप–प्रज्ञान’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । फेदाप कला, साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजना तथा फेदाप शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा सम्पन्न कार्यक्रममा फेदापको स्मारिकाका रूपमा प्रकाशित ‘फेदाप–प्रज्ञान’ को लोकार्पण गरिएको हो ।

फेदाप गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा लोकार्पित पुस्तक ‘फेदाप–प्रज्ञान’ को समीक्षा केशु विरहीले गरेका थिए ।

कार्यक्रममा फेदाप गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटुवाल, उपाध्यक्ष सुनिता पाहिम, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद आचार्य, छथर साहित्य समाजका अध्यक्ष दिनेश थापा ‘बेगारी’ लगायतका व्यक्तिहरूको शुभकामना मन्तव्य रहेको थियो ।

सोही अवसरमा केशु विरहीद्वारा लिखित ‘तेह्रथुमको साहित्यिक इतिहास’ माथि परिचर्चा गरिएको थियो । उक्त अनुसन्धानमूलक कृतिमाथि तेह्रथुम साहित्य प्रतिष्ठानका अध्यक्ष दीपक कट्टेल ‘आयाम’ ले टिप्पणी प्रस्तुत गरेका थिए ।

विभिन्न लेखक तथा स्रष्टालाई सम्मान गरिएको उक्त अवसरमा प्रेम शङ्कर प्यासी, रोशन यात्री, मित्र नेपाली, मनकाजी कट्टेल, सुष्मा दाहाल, मदनराज गुरुङ, टामाकान्त लुइटेल, धनप्रसाद भट्टराई, तुलसीराम रिमाल, कमल बुढाथोकी, प्रमोद दुलाल, सुनिता निरौला भट्टराई, लगायतका लेखक तथा कलकारहरूको रचनावाचन तथा साङ्गीतिक प्रस्तुति रहेको थियो ।

फेदाप कला, साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष नवीन बस्नेत ‘नाशित’ को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने महासचिव मोहन भण्डारीको रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here