झापाली समाज इजरायलद्वारा आफ्नो घर आश्रम र विद्यालयलाई सहयोग

0
37

बिराटनगर,

झापाली समाज इजरायलले आफ्नो घर आश्रमलाई आर्थिक सहयोग गरेको छ।

समाजको परोपकारी कार्य अन्तर्गत आफ्नो घर आश्रम झापा शाखा विर्तामोड ५ मा रहेका अनाथ बालबालिकाहरूका लागि १ लाख दुई हजार आर्थिक सहयोग गरेको छ। आर्थिक सँगसँगै समाजले  लुगा धुने वासिन मेसिन र फ्रिज पनि एक कार्यक्रमका बीच हस्तान्तरण गरेको जनाएको छ।

त्यसैगरी झापाली समाज इजरायलको छात्रवृक्ति अक्षय कोष अन्तर्गत अर्जुनधारा–९ खरबन्दीस्थित बालज्योति आधारभूत विद्यालय, झापा गाँउपालिका–६ शरणामतीस्थित जनता माध्यमिक विद्यालय, मेचीनगर नगरपालिका–१२ सहरेडाँगीस्थित सरस्वती बालकल्याण माध्यमिक विद्यालय र हल्दीबारी गाँउपालिका–१ स्थित दुर्गादेवी आधारभूत विद्यालयमा एक लाख पाँच हजार तीन सय रुपैयाँ बराबरको शैक्षिक सामग्रीहरू पनि सहयोग गरेको समाजले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here