बिराटनगर,
नेपाल ज्योतिष परिषद् कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलनमा ‘वास्तु भूषण अवार्ड’बाट सम्मानित भएका छन्। धनकुटाको भेडेटारमा आयोजना भएको विश्व ज्योतिष महासंघकाे सम्मेलनमा अध्यक्ष निरौलालाई सो अवार्ड’ प्रधान गरिएको हो।
वास्तु विज्ञानको क्षेत्रमा उल्लेखनीय योगदान पु-याएकाे भन्दै उनलाई काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे बहुलीबाट गरिएको थियो। अन्तर्राष्ट्रिय ज्याेतिष सम्मेलनमा नेपाल, भारत, बंगलादेश, मलेसिया लगायतका देशका ज्याेतिषीलाई सम्मान गरिएकाे थियाे ।
गतबर्ष माघ ३० देखि फागुन १० गतेसम्म मोरङको विराटचोकमा संचालन भएको ‘सुन्दरहरैँचा विराट एक्स्पो ४’ को प्रदर्शनीमा धार्मिक वास्तुशास्त्र अनुसारको घरको संरचना निर्माण गरी निराैलाले अध्ययान अवलोकनका र व्यवसायिक कृषि उद्योग तथा घरबासका लागि तयार गरेका थिए।