प्राचिन वाल्मीकि आश्रम तथा सिमसार क्षेत्र संरक्षण समितिको सभा

0
20

कमल ।

झापाको कमल गाउँपालिका ३ स्थित प्राचिन वाल्मीकि आश्रम तथा सिमसार क्षेत्र संरक्षणसमितिको शनिवार तेस्रो साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभा बाट आगामी दुई वर्षे कार्यकालकालागी अध्यक्षमा कुमार खतिवडा सर्व सम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा सागर चापागाई, सचिव मधुसुधन अधिकारी, सहसचिव मेघराज चापागाई,कोषाध्यक्ष शुशिला न्यौपाने सदस्य बेधनिधी पौडेल,नर्वदा दाहाल, दुर्गा वानिया र गौरा चागागाई सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक हिमप्रसाद दाहालले जानकारी दिए ।

समितिका अध्यक्ष चक्रबहादुर गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका अध्यक्ष हुकुमसिंहराईले नव निर्वाचित समितिलाई कार्यकाल सफलताको बधाई तथा शुभकामना मन्तब्य दिनुहुदै कमल गाउँपालिमा भएका सिमसार क्षेत्र मध्ये वाल्मीकि आश्रम तथा सिमसार क्षेत्र समेत पालिकाको प्राथमिकतामा रहेकोले कमल गाउँपालिकाको तर्फ बाट सिमसार क्षेत्रलाई संरक्षण र प्रबद्र्धन गर्न सक्दो सहयोग गर्ने अध्यक्ष राईले प्रतिवद्धता जनाए ।

कार्यक्रममा समाज सेबी राजनबहादुर ढुङ्गाना , निवर्तमन अध्यक्ष चक्रबहादुर गुरुङ लगायतले नवनिर्वाचित समितिलाई कार्यकाल सफलताको बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रम समितिका सचिव मधुसुधन अधिकारीले सञ्चालन गरेका थिए भने उपाध्यक्ष कुमार खतिवडाले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here