संखुवासभामा मादक पदार्थ सेवन गरी ट्याक्टर चलाउने तामाङ पक्राउ

0
12

बिराटनगर,

संखुवासभामा मादक पदार्थ सेवन गरी लापरबाही तरिकाले ट्याक्टर चलाउने एक जनालाई प्रहरी पक्राउ गरेको छ।

रातको समयमा खाँदबारी नगरपालिका -९ स्थित कोशी राजमार्गमा मानेभञ्ज्याङबाट ठुलोढुङ्गातर्फ लापरबाही तरिकाले तिब्र गतिमा जाँदै गरेको टेक्टरले सडक छेउमा रोकि राखेको मोटरसाइकललाई समेत ठ्क्कर दिई फरार भएका खाँदबारी – ४ बस्ने वर्ष २१ को सुदिप तामाङ पक्राउ गरेको हो।

मोटरसाइकललाई ठ्क्कर दिएर भएको भन्ने सुचना प्राप्त भई तत्काल मानेभञ्ज्याङ प्रहरी चौकिबाट खटिएको प्रहरी टोलिले खाँदबारी – ४ लेगुवानि चौक स्थितमा उक्त ट्याक्टर फेला पारी चालक तामाङसँग सोधपुछ तथा सम्झाई बुझाई गर्दा उल्टै प्रहरीसँग अभद्र व्यवहार गरेका थिए।

उनलाई तत्काल नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गराउँदा मादक पदार्थ सेवन गरेको पाइएकोले अभद्र व्यवहार कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here