श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

0
38

पाँचथर,

पाँचथरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

पाँचथर याङवरक गाउँपालिका– ५ दाहाल गाउँ बस्ने कृष्ण लिङ्देनको कुटाइबाट उनकी श्रीमती ४० वर्षीया सम्झना भट्टराईको मृत्यु भएको हो ।

गत बैशाख ३ गते लिङ्देनले घरायसी विवाद हुँदा श्रीमती सम्झनालाई कुटपिट गरी घाइते बनाएका थिए । जिल्ला अस्पताल फिदिममा सामान्य उपचारपश्चात् घाइतेलाई थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

धरानमै उपचारको क्रममा सम्झनाको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालको शव गृहमा राखिएको र श्रीमतीलाई कुटपिट गर्ने लिङ्देनलाई अस्पतालबाटै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here