काठमाडौँ,
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा क्षितिज थेबेलाई निर्वाचित गरेको छ।
मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गर्दै थेबे अध्यक्षमा निर्वाचित भएका हुन्।
थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका निर्वाचन समितिले जनाएको छ।
पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए।