नेपालमा भित्रियो कोरोना भाइरस, सात जनामा संक्रमण

0
69

काठमाडौं,

पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भेटिएको छ । भारतमा पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि सातजना संक्रमित भएका छन् ।

तत्कालको परीक्षण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र धुलिखेल अस्पतालमा ६ जनासहित ७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक चन्द्रबल झाका अनुसार कोरोना संक्रमण देखिएका सबैको विदेश भ्रमणको हिस्ट्री छैन । उनका अनुसार सबै संक्रमित डिस्चार्ज भएर घर गइसकेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विभिन्न विज्ञहरूसँग छलफल गर्दा पहिलेको जस्तो डराउनुपर्ने स्थिति नरहेको उनले बताए । तर थोरै मात्रामा पनि बढ्ने अवस्थाको ख्याल गर्दै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको उनले बताए ।

सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन भनिसकिएको उनले जानकारी दिए । परीक्षण कीट खरिदको लागि मन्त्रालयसँग अनुरोध गरिसकेको झाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here