बढ्यो प्रहरी सक्रियता : लागू औषध कारोवारीले भरिभराउ हिरासत कक्ष

0
78

सुरेन्द्र भण्डारी

झापा,  इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ४० जना थुनुवा छन् । ४ महिला सहित ४० थुनुवा रहेको यो इलाकामा लागू औषध मुद्दाका मात्रै ३५ जना थुनुवा रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो । ‘क’ श्रेणीको यो इलाकाको इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन लामा रहनु भएके छ ।

‘क’ श्रेणीकै अर्काे इलाका प्रहरी कार्यालय हो – दकम । इलाका प्रहरी कार्यालय दमकको नेतृत्व प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाले सम्हाल्नु भएको छ । यो इलाकामा पनि २३ जना थुनुवा रहेका छन् ।इलाका प्रहरी कार्यालय दमकमा थुनुवाको अवस्था ।

एक जना महिला सहित २३ जना थुनुवा रहेको यो इलाकामा लागू औषध मुद्धाका मात्रै १४ जना थुनुवा छन् । प्रहरी सक्रियताका कारण यो इलाका प्रहरी कार्यालयले समेत दिनहुँ लागू औषध प्रयोग कर्तालाई पक्राउ गर्दै मुद्धा दर्ता गर्दै आएको छ ।

यता ‘क’ श्रेणीको अर्काे इलाका प्रहरी कार्यालय हो – अनारमनी । इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय श्रेष्ठले सम्हाल्नु भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीमा मुद्धाको अवस्था ।


उहाँको नेतृत्वमा रहेको यो इलाकामा रहेको थुनुवा कक्षमा ३५ जना थुनुवा छन् । जहाँ ५ महिला र ३० जना पुरुष थुनुवा छन् । जसमा लागू औषध सम्वन्धि २२ वटा मुद्धा दर्ता रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय झापाको थुवुवा कक्षमा ४२ जना थुनुवा छन् । जसमा ४० पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ । त्यस मध्ये २२ मुद्धा लागू औषध सम्वन्धि रहेको प्रहरीले जनाएको छ ।

समग्रमा भन्ने हो भने जिल्ला प्रहरी कार्यालय झापा सहित अन्य तीन वटा डीएसपीको दरवन्दी भएका इलाका प्रहरी कार्यालयमा दर्ता भएका मुद्धा लागू औषधकै धेरै छन् ।

प्रहरीले दिनहुँ जसो लागू औषध कारोवारीलाई पक्राउ गर्दै मुद्धा दर्ता गरेका कारण यो संख्या दिनहुँ बढ्दै गएको हो । जिल्ला कारागार झापाको तथ्याङ्क हेर्ने हो भने पनि लागू औषध मुद्धाका थुनुवा कैदी बन्दी धेरै छन् ।

झापा लागू औषध प्रयोग कर्ता र कारोवारको ‘हव’ बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय लागेको छ । प्रहरी उपरीक्षक राजन लिम्बूले लागू औषध दुव्र्यसन रोक्न ‘एक्सन’ लिएसंगै झापाका हिरासत कक्ष अहिले लागू औषध कारोवारीले भरिभराउ भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापामा लागू औषध सम्वन्धि मुद्धाको अवस्था ।

प्रहरीको पछिल्लो तथ्याङ्क हेर्ने हो भने २४ विदेशी सहित ४ सय ११ जना लागू औषध मुद्धाका कारोवारी प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरुलाई लागू औषध सम्वन्धि मुद्धा दर्ता गर्दै कारावही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय झापामा दुई सय ७१ वटा मुद्धा दर्ता हुँदा ४ सय ११ जना मानिस पक्राउ परेको र दुई जना अझैं फरार रहेका छन् । प्रहरीले यो अवधिमा एक हजार ६ सय ४९ केजी गाँजा सहित चरेस तथा ब्राउनसुगर सहितका अन्य लागू औषध बरामद गरेको छ ।

लागू औषधको अखडा सिमसार क्षेत्र , एकै दिन ४३ जना पक्राउ

लागू औषध कारोवारीका लागि सिमसार क्षेत्र सुरक्षित स्थान रहेको पाइएको छ । अधिकांश मानिस मनोरञ्जनका लागि सिमसार क्षेत्र जाने गर्छन् । यही सिमसार क्षेत्र भित्र लागू औषध कारोवारीको समेत मेला लाग्ने गरेको भन्दा अपत्यारिलो बन्न सक्ला । तर, वास्तविकता यही हो ।

झापाको मेची नगरपालिका ११ स्थित कालिका सामुदायिक वन क्षेत्र (सिमसार क्षेत्र) भित्रबाट प्रहरीले मंगलवार एकै दिन ४३ जनालाई पक्राउ गरेसंगै सिमसार क्षेत्र भित्र हुने लागू औषधको धन्दा बाहिरिएको हो । मंगलवार साँझ ६ बजे मेचीनगर ११ कालिका सामुदायिक वनमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी , प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको स्वीप अपरेशन टोलीले एकै साथ ४३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने मध्ये अधिकांश सेवनकर्ता रहेका छन् ।

पक्राउ पर्नेहरु सबै पुरुष हुन् । उनीहरु अन्दाजी १५ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् । लागूऔषध कारोबारीहरु लागूऔषध बेच्न आएपछि उनीहरु किन्न भेला भएका थिए । पक्राउ पर्नेहरु लागूऔषध सेवनकर्ताहरु हुन् ।

पक्राउ परेका ४३ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको र उनीहरु मध्ये २७ जनालाई विभिन्न पुनस्थपना केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले बताउनुभयो ।

उनीहरुका साथबाट १४ वटा मोटरसाइकल , एउटा अटो र एउटा मारुती भ्यान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई लागू औषध बिक्री गर्ने मेचीनगर ११ का १८ वर्षीय शनिल मेचे, मेचीनगर १२ का २५ वर्षीय अजय मेचेलाई समेत वुधवार पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट ब्राउनसुगर २ दशमलव ८९ ग्राम, ट्रामाडोल १६ ट्याव्लेट, एन्टिकोफ १५ ट्याव्लेट, स्पास्पिन १५ ट्याव्लेट १८ हजार ४ सय नगद र रेडमी ब्राण्डको मोवाइल एक थान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here