बिर्तामोड , मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रीय संस्था रोटरी क्लब अफ बिर्तामोडले क्लब स्थापनाको १५ औं स्थापना दिवस ( चार्टर डे) को प्रथम चरणको कार्यक्रमलाई क्लबका लोकप्रिय साथी,पूर्व अध्यक्ष विनोद बस्नेतलाई सम्झन्दै, लोकोपयोगी कार्यहरु गरी मनाएको छ।
कार्यक्रमको प्रथम चरणमा बिराटपोखर स्थित विराट भरत विश्रांति आश्रममा विभिन्न उन्नत जातका फल-फूलका विरुवाहरु रोपण गरेको छ। संयोजक ओमकृष्ण विमलीको संयोजकत्वमा आयोजित वृक्षारोपण कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सहित रोटेरियन र रोट्रयाक्टरहरूको उल्लैख्य उपस्थिति रहेको थियो। दोश्रो चरणमा, विर्ताबजार चौक स्थित दुर्गा मन्दिर परिसरमा वृहत रक्तदान शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
५२ वर्षको अल्पायुमा अकल्पनीय स्वर्गारोहण भएका स्व विनोदको मानवीय सेवाको उच्च भावनाको सम्मान गर्दै ५२ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी, उपशाखा बिर्तामोडमा पठाईएको जानकारी कार्यक्रम संयोजक संजेश शिवाकोटीले गराउनु भएको छ। क्लबका अध्यक्ष रो सुरेश कुमार अग्रवाल ‘भद्रपुरे को अध्यक्षतामा सम्पन्न संक्षिप्त औपचारिक कार्यक्रम मा’संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यता र वडा न ३ अध्यक्ष मदन कुमार बुढाथोकीको विशेष आतिथ्यता रहेको थियो।
उक्त शिविरमा विभिन्न संघ संस्थाका पदाधिकारीवर्ग,जन प्रतिनिधि, सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। श्री दुर्गा मन्दिर पूजा समिति र रोट्रयाक्ट क्लब अफ बिर्तामोडको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न शिविरको औपचारिक कार्यक्रमको संचालन क्लबका शैलेन्द्र कुरूम्बाड्गले र धन्यवाद ज्ञापन मन्दिर अध्यक्ष बासुदेव माझीले गर्नु भएको थियो।