नेशनल प्याव्सन झापामा धर्मराज

0
46

बिर्तामोड,  नेशनल प्याब्सन (एन प्याब्सन) झापा जिल्ला संयोजकमा शिक्षासेवी धर्मराज माझी चयन भएका छन् ।
नेशनल प्याब्सन (एन प्याब्सन) को केन्द्रीय समितिले शिक्षासेवी धर्मराज माझीको संयोजकत्वमा नेशनल प्याब्सन (एन प्याब्सन) झापा जिल्ला संयोजन समिति गठन गरेको हो ।
नवगठित संयोजन समितिको सदस्यहरुमा सुवर्ण भट्टराई ,धिरज नारायण गणेश,हरि धिमाल,लक्ष्मि ढकाल,प्रवासी चौधरी,पुजा कट्टेल, खेम दाहाल र बिमल राजबंशी रहेका छन् ।
यो समितिले आगामी असारमसान्तसम्म पुराना सदस्यतालाई आवद्ध गरी नयाँ सदस्य बिस्तार गर्दै विभिन्न शैक्षिक कार्यक्रम गर्दै अधिवेशन पश्चात नयाँ कार्यसमिति गठन गरिने संयोजक माझीले बताए।
एन प्याब्सन झापासंग बिगतमा ७५ वटा विद्यालय रहेकोमा यो संयोजन समितिले त्यसलाई बढाउने उनको भनाई छ ।
कार्यक्रममा जिल्ला संयोजन समितिका सदस्य सुवर्ण भट्टराई र हरि धिमालले समेत एन प्याब्सन झापालाई नयाँ उचाईमा पुर्याउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here