बिर्तामोडमा फस्ट स्टेप

0
21

बिर्तामोड ,बिर्तामोडमा फस्ट स्टेप एजुकेसनल कन्सल्टेन्सी सञ्चालनको तयारी गरिएको छ ।
काठमाडौंमा १७ बर्षदेखि सञ्चालनमा रहेको फस्ट स्टेप एजुकेसनल कन्सल्टेन्सीको पाँचौं शाखा बिर्तामोडमा सञ्चालन गर्न लागेको म्यानेजिङ डाइरेक्टर अमित पौडेलले बताए ।
अहिले कार्यालय व्यवस्थापन गरिरहेको बताउँदै उनले सम्पूर्ण कार्य सकेर बिर्तामोडमा शाखा सञ्चालन गरिने जनाए।
फस्ट स्टेप एजुकेसनल कन्सल्टेन्सीको शाखा बिर्तामोडबाट उच्च शिक्षा अध्ययन गर्न युके, फ्रान्स, अस्ट्रेलिया, क्यानडा, भारतमा जान चाहने बिद्यार्थीहरुलाई सम्पूर्ण सेवा उपलब्ध गराउने बिर्तामोड शाखा प्रमुख दिक्षा बस्नेतले बताइन्।
पत्रकार सम्मेलनमा बिर्तामोड शाखा प्रमुख दिक्षा कार्की बस्नेत, कन्सल्टेन्सीकी राशिका उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here