बिर्तामोड, श्री छठ समाज सेवा समिति बिर्तामोडले सशस्त्र प्रहरीको आँखा परीक्षण गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेड क्वाटरमा आयोजना गरेको निःशुल्क आँखा परीक्षण कार्यक्रममा २ सय ८५ जनाले आँखा परीक्षण गराएका थिए ।
जसमा ४९ जनालाई निःशुल्क चश्मा र औषधि वितरण गरिएको थियो । आँखा परीक्षण गरिएको मध्ये एक जनामा मोतियाविन्दु देखिएकाले निःशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पतालसँगको सहकार्यमा उनको आँखाको उपचार गरिने बताइएको छ ।
छठ सेवा समितिकी अध्यक्ष संगीता रौनियारको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक अशोक चौधरी रहेका थिए । सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुमन पोखरेल र मदन रसाइली समाजसेवी सुरज रौनियार, मेची आँखा अस्पतालका ओपीडी इञ्चार्ज सन्तोषलाल कर्ण लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारीसहित विशिष्ठ अतिथि डीएसपी पोखरेल छठ सेवा समितिका पूर्वअध्यक्ष घनश्यामा चौधरी, राजकुमार गुप्ता लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष अनन्तलाल महतोले स्वागत गरेको कार्यक्रममा मेची आँखा अस्पतालका ८ जना प्राविधिकको टोलीले आँखा परीक्षण गरेका थिए ।
कार्यक्रममा मनोज रौनियार, वरुण चौधरी, विक्की चौधरी, सञ्जय चौधरी, सन्तोष साह, लालबाबु साह, आदित्य रौनियार, कन्हाई भगत,दिपक साफी लगायत सहभागी थिए । कार्यक्रमको सञ्चालन अशोक चौधरीले गरेका थिए ।