विश्व वातावरण दिवसमा सूर्यज्योतिको विविध कार्यक्रम

0
20

अर्जुनधारा, ५३औं विश्व वातावरण दिवसको सन्दर्भमा झापाको अर्जुनधारा नगरपालिका–४ रातेखालस्थित सूर्यज्योति अङग्रेजी आवासिय विद्यालयले बिहीवार विविध कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयले विद्यालय र अर्जुनधारा–४स्थित वडा कार्यालयको प्राङ्गणमा वृक्षारोपण, वातावरणको महत्व बारे भाषण र वातावरण सम्बन्धी चित्रकला प्रतियोगिता, सचेतना ¥यालीलगायतको कार्यहरु गरेको प्रधानाध्यापक गणेश बुढाथोकीले जानकारी दिए ।
वृक्षारोपण अन्र्तगत शिरीष, पाम र विभिन्न प्रजातीका फूलका बिरुवाहरु रोपेको बताइएको छ । त्यसैगरी भाषण प्रतियोगितातर्फ कक्षा–७का छात्र आदित्य आचार्य प्रथम, कक्षा–८का छात्र सुवर्ण दाहाल द्वितीय र कक्षा–८की छात्रा शर्मिला कार्कीसँगै कक्षा–३की छात्रा अनुराधा शाह तृतीय भएका छन् ।
त्यस्तै चित्रकला प्रतियोगिता अन्र्तगत समूहतर्फ कक्षा–५का छात्रा दीया डाँगी र साथीहरु त्था एकलतर्फ कक्षा–५का छात्र विनय चौलागाईं प्रथम भएका छन् । प्रतियोगिताका सबै प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
विद्यालयका संस्थापक रुद्र सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत प्रधानाध्यापक गणेश बुढाथोकीले र कार्यक्रमको सञ्चालन शिक्षक दीपेन्द्र दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here