पूर्वाञ्चलकर्मी बोहोरालाई ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार

0
47

पाँचथर।

पूर्वाञ्चल दैनिक तथा पूर्वाञ्चल डेली डटकमका इलाम–पाँचथर संवाददाता पत्रकार युद्धबहादुर बोहोरा ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।

इलामबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम नयाँ बुलन्द डटकमको नवौं वार्षिकोत्सवको अवसरमा बोहोरालाई नगद रु १०,००० राशिसहित सम्मान गरिएको हो। प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा प्रदान गरिने यो पुरस्कार यस वर्ष पत्रकार बोहोराले प्राप्त गरेका हुन्।

इलामको फाकफोकथुम गाउँपालिकास्थित सेवा केन्द्र आमचोकमा आयोजित समारोहमा उनलाई सम्मान गरिएको थियो। उनलाई प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल,विशेष अतिथि उपाध्यक्ष कल्पना राई,प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक र संचालक राम कुमार लिम्बू योङ्हाङले नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका र इलामको फाकफोकथुम गाउँपालिकाको सीमावर्ती बजार घुर्विसे पञ्चमीलाई कार्यक्षेत्र बनाई पत्रकारितामा सक्रिय बोहोरा हाल पूर्वाञ्चल दैनिक, शिलापत्र अनलाइन र नयाँ बुलन्द डटकम मा आबद्ध छन्। साथै, उनी प्रेस सेन्टर नेपाल, पाँचथरका अध्यक्षसमेत हुन्।

बोहोरा हाल नयाँ बुलन्द डटकममा सह–सम्पादकका रूपमा पनि कार्यरत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here