योगेन्द्र योगी
बिराटनगर,
मोरङमा करेन्ट लगाएर माछा मर्ने क्रममा श्रीमान-श्रीमतीको मृत्यु भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका ७ गोठगाउँस्थित खयरडाडाँमा करेन्ट लगाएर माछा मार्ने क्रमममा स्थानीय श्रीमान-श्रीमति पुर्णबहादुर लिम्बू तथा भुलाकुमारी लिम्बुको मृत्यु भएको छ।
स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाका संयोजक चिरञ्जीवी शिवाकोटीका अनुसार सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको बताए। उनीहरुको असमायी निधनले स्तब्ध र मर्माहत बनाएको संयोजक शिवाकोटीले बताए।
घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको बताईएको छ। घटना बारे थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ।