कमलमा रक्तदान

0
17

कमल। 

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइने गरिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको इतिहास छ । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । यसै अवसरमा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ झापा र राष्ट्रिय प्रगतिसिल स्वास्थ्यकर्मी संगठन कोशी प्रदेशको आयोजनमा तथा नेकपा (माओवादी केन्द्र) दमकको संयोजनमा कमल–५ पाडाजुँगीस्थित एक होटलमा भएको रक्तदान कार्यक्रमको प्रविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रहेको थियो । उक्त कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा एक सय आठ पटक रगतदान गर्ने शंकर बस्नेत (तीर्थ) लगायत रक्तदान गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । रगत अभावका कारण उपचार नपाएर मानिसको मृत्यु नहोस् भन्ने उद्देश्यले रक्तदान शुरु गरिएको हो ।

महासंघले झापामा पहिलो पटक रक्तदान गर्ने कार्यक्रमको आयोजना गरेको छ । यस्तो पवित्र कार्यमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनमा महासंघले मोरङ्ग र सुनसरीमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

रगत अभाव भएर कुनै पनि मानिसको अकाल मै मृत्यु नहोस् भनेर नै हामीले देशभरी नै यस्ता कार्यक्रम गर्ने गरेको प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश फ्याक्सन इञ्चार्ज अन्जना पोख्रेलले बताए ।

महासंघ झापाको आयोजनामा रक्तदान कार्यक्रम राखेको हो । रक्तदान महादान हो । संसारमा धेरै प्रकारका दानहरु हुन्छन् तर रक्तदान जस्तो प्रवित्र र महादान दान अरु केही हुन सक्दैन । रक्तदानले हजारौ व्यक्तिको ज्यान बचाउन सकिने भएकोले स्वास्थ्य व्यक्तिले जीवनमा रक्तदान गर्नु उत्तम कार्य भएको राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन कोशी प्रदेश अध्यक्ष तुलसी पोख्रेलले बताए ।

रगतदान कार्यक्रममा जनस्वास्थ्यकर्मी महासंघ र प्रगतिशील स्वास्थ्यकर्मी संगठनका नेतासहित नेकपा माओवादी पार्टीका नेता समेतको उपस्थिती रहेको थियो । प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ झापाका अध्यक्ष श्यामकुमार श्रेष्ठको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम राष्ट्रिय प्रगतिशील कर्मचारी संगठन कोशी प्रदेश कोषाध्यक्ष बिष्णु श्रेष्ठले सञ्चालन गरेका थिए भने उपाध्यक्ष पिताम्बर भण्डारीले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here