बिराटनगर,
मोरङको सुन्दरहरैंचा –१० मा एमाले वडा अधिवेशन सम्पन्न भएको छ। तेस्रो अधिवेशनबाट सुन्दरहरैंचा –१० को वडा कमिटी अध्यक्षमा तेज गिरी सर्बसहमत चयन भएका छन्।
त्यसैगरी कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा मिलन राई ,सचिव सचिवमा मिलन तामाङ ,उपसचिवमा नगेन्द्र कुमार मास्के र पुष्पा श्रेष्ठ चयन भएका छन्। १५ सदस्य संख्या रहेको छ। सर्बसहमत अध्यक्ष चयन भएपछि गिरीले वडाको समग्र विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।
सुन्दरहरैंचामा नेकपा एमालेको वडा अधिवेशन धमाधम भइरहेको छ। गत हप्ता मात्रै कपा एमाले सुन्दरहरैंचा वडा नम्बर ५ को वडा कमिटी अध्यक्षमा भगतलाल चौधरी र सचिव पदमा सुरेन्द्र गुरागाईँ चयन भएका थिए।