योगेन्द्र योगी
बिराटनगर,

मोरङको सुन्दरहरैँचा नगरपालिका संस्थापक नगर प्रमुख शिवप्रसाद ढकालले आफ्नो कार्यकालमा भुमिहिन र बिपन्न परिवारहरुलाई भुमिको स्वामित्व हस्तान्तरणका लागि सुरु भएको जमिनको नापजाँच कार्य नगर प्रमुख केदार प्रसाद गुरागाई नेतृत्व आएसँगै बिना कारण रोकिएको आरोप लगाएका छन्।
सामाजिक सन्जालमा फेसबुकमा लेख्दै बल्ल साढे तीन बर्ष पछि फेरी नापजांच सुरु गरिएछ, तर बिडम्बना ती भुमिहिन सुकुम्बासिसँग कुनै रसिद बिना प्रति परिवार अनिबार्य ७ हजारका दरले नाप जाप खर्च भनेर नगर प्रमुख गुरागाईले आफ्ना नजिकका टोले नेतालाई प्रयोग गरेर रकम उठाउन थापे छन् ।
आखिर किन ? के बापत रकम लिईएको हो ? भुमि ऐनमा ७ हजार लिनु पर्ने कहाँको लेखिएको संस्थापक नगर प्रमुख ढकालले प्रश्न ? कुन कार्यबिधि वा नियम अनुसाार उठाईको हो । दैनिक ज्याला मजदुरी गरी खानेले भुमिहिनले कहाँबाट पैसा ल्याएर तिर्ने हो ?
यस्ताे कार्य तुरुन्त बन्द गरीहोस। संकलन जस्ले गरे पनि नेतृत्वको ईशारा बिना यो काम गर्न असम्भव भएको भन्दै त्यस्ता कार्य तल्त्कल बन्द गर्न र यो वा त्यो बाहनामा नगरपालिका पन्छिन नमिल्ने बताएका छन्। उनले ती निमुखा गरिव तथा भूमिहिनहरुसँग लिईएको पैसा फिर्ता गर्नुपर्ने र सबैलाई खवरदारी गर्न पनि आग्रह गरेका छन्।






























