विराटनगर ।
झापा र मोरङको दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काकंरभिट्टाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ मा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश ०१–०३० च ७७९३ नम्बरको कारलाई चेकजाँचको क्रममा कारको सिट मुनी लुकाएर ल्याउदै गरेको ४७ ग्राम ६ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद भए संगै कार चालक काठमाण्डौ महानगरपालिका–२६ का २४ बर्षीय निवेश कुँवर र कारमा सवार लमजुङ की २२ बर्षीया नोजिना रानामगरलाई नियन्त्रणमा लिएको छ ।
उता इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–१० का ३० बर्षीय बरुण लिम्बूलाई ब्राउन सुगर ७ ग्राम ९ सय ४० मिलिग्राम र नगद १५ हजार रूपैया सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।