सोलुखुम्बु ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–११ घुन्सा नुनथलामा करेन्ट लागेर एक जना विद्युतको कर्मचारीको मृत्यु भएको छ ।
विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका सोलु दुधकुण्ड–७ भित्ताखर्कका ३५ बर्षीय रविन बस्नेतलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बु लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।