छुरा प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

0
68

सुनसरी ।

छुरा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको आरोपमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का ४० बर्षीय मोहम्मद रियाज अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जग्गाको विषयलाई लिएर आपसी वाद विवादको क्रममा आफ्नै बुबा ६० बर्षीय सबिब अंसारीलाई छोरा मोहम्मद रियाज अंसारीले शरिरको बिभिन्न भागमा छुरा प्रहार गर्दा घाईते भएकोमा तत्काल उपचारको लागि गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न अंसारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here