–विगत सात वर्षदेखि युकेमा बस्दै आएकी इलाम मंगलबारेकी अरुणा सुबेदी कलाकारितासंगै मोडलिङमा लाग्न चाहान्छिन् । पाँच फिट चार इञ्च उचाइ भएकी अरुणा मोडलिङ संगै नृत्य, उद्घोषण तथा ट्राभलमा रुचि राख्ने बताउँछिन् ।
उनले स्नातक तहसम्मको अध्ययन पुरा गरेकी छन् । पढाइका लागि विदेश रहेपनि अब नेपालमै कलाकारिता गर्ने सोंच उनको छ ।
केहि चलचित्र र म्युजिक भिडियोमा अफर आएको बताउने उनले कलाकारितालाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछिन् । कलाकारिता मार्फत आफु सफल हुनेमा विश्वस्त छिन् अरुणा । भन्छिन्, जीवन भनेको संघर्ष, सम्भावना र चुनौतीको समिश्रण हो ।