यी हुन्, बिहेभन्दा अघि नै गर्भवती भएका बलिउड अभिनेत्रीहरू

0
463

पश्चिमा राष्ट्र अझ विशेष गरी हलिउडको प्रभाव पूर्वीय देशमा समेत देखापरेको छ। साम्प्रदायीक संस्कृतिले ‘पाप’ मान्ने कर्मलाई अहिले सामान्य ठान्न थालिएको छ। विशेष रंगक्षेत्रमा यस्ता उदारपनाहरू छताछुल्ल भएका देखिन्छन्।

timthumb
बिहेअघि गर्भ बसाउने कुरा भारत र नेपाली समाजमा अझै जटिल विषय हो। तर, रसरंगको दुनियाँमा भएकाहरुले यसलाई तोड्दै जान थालेका छन्। बिहे अघि नै ‘लिभ इन रिलेसनसिप’ मा रहने संस्कृति बढेसँगै बिहेको औपचारिकता पुरा नगरिकनै गर्भवती भएका महिलाहरुको संख्या थपिँदै गएका छन्।
यहाँ, बिहे अघि नै गर्भवती भएका बलिउड अभिनेत्रीहरूको सूची सार्वजनिक गरिएको छ।
महिमा चौधरीः
द फायर, लज्जा, धड्कन, बागवान, स्यान्डविच लगायत फिल्ममा अभिनय गरेकी अभिनेत्री लामो समयपछि बलिउडमा कमब्याक गर्दैछिन्। उनी बिहेअघि नै गर्भवतीको सूचीमा पर्छिन्। उनले बिहे अघि नै गर्भवती रहेका खुलासा गरेकी त छैनन्, तर सन् २००६ मा बबी मुखर्जीसँग हतार हतारमा बिहे गरेकाले सो आँकलन गरिएइको थियो। उनीहरुको जोडीबाट जन्मिएकी छोरी हाल ८ वर्षकी भइसकेकि छिन्। हाल उनी बबीसँग छुट्टिइसकेका छिन्।
श्रीदेवी कपुरः

mahima-chaudhary1_1442060

बिहे अघि नै गर्भवती हुने अभिनेत्रीको सूचीमा सुन्दर अभिनेत्री श्रीदेवी कपुर पनि पर्छिन्। यो कुरा श्रीदेवी स्वयंले सार्वजनिक रूपमा स्विकारेकी थिइन्। सन् १९९६ मा बोनी कपुरसँग बिहे गर्दा उनको गर्भमा ७ महिनाको बच्चा हुर्किइरहेको थियो। हाल उनीहरुका दुई सन्तान छन्।
सेलिना जेटलीः

mahima-chaudhary4_1442060

 

 

सन् २०११ को मिस इन्डिया युनिभर्स जितेर बलिउडमा आएकी अभिनेत्री सेलिना जेटली पनि बिहेभन्दा अघि नै गर्भवती थिइन्। सन् २०११ म पिटर हगसँग बिहे गरेको आठ महिनामा उले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन्। उनीहरुले बिहे गर्नुअघि नै सेलिना गर्भवती रहेको खबर बाहिरिएको थियो।
अमृता अरोराः

mahima-chaudhary3_1442060

 

अभिनेत्री अमृता अरोरा पनि बिहे गर्नअघि नै गर्भवती रहेको खबर यस कारण पनि पुष्टी भएको थियो कि सन् २००९ मा शकिल लडकसँग बिहे गर्ने बित्तिकै आफू गर्भवती रहेको घोषणा गरेकी थिइन्। उनीबाट जन्मेको बच्चा हाल ५ वर्षमा हिँडिरहेको छ।
कोंकणा सेन शर्माः

mahima-chaudhary5_1442060

अभिनेत्री कोंकणा सेन शर्माले सन् २०१० मा रणवीर शौरीसँग शौरीकै घरमा बिहे गरेकी थिइन्। बिहे गरेको केही दिनमै उनीहरुले आफूहरुको सन्तान हुन लागेको कुरा सुनाएका थिए। बिहे गरेको केही दिनमै गर्भवती भएको सार्वजनिक गरेकाले बिहे अघिकै गर्भ भनिएको थियो। कोंकणाले २०११ को सुरुवातीमै सन्तान जन्माएकी थिइन्।
सारिका हासनः

mahima-chaudhary2_1442060

सारिका हसन बलिउडका चर्चित अभिनेता कमल हसनकी श्रीमती तथा हाल बलिउडको नयाँ पुस्ताकी चर्चित अभिनेत्री हुन् । सारिका र कमलले बिहे गर्नुअघि केही वर्ष बिहे नै नगरी सँगै बसेका थिए।
सन् १९८६ मा श्रुती जन्मेको बेलामा समेत उनीहरुले बिहे गरेका थिएनन् भने कमलले पहिलो पत्निसँग सम्बन्धबिच्छेद पनि गरेका थिएनन्। श्रुती जन्मेको दुई वर्षपछि मात्र उनीहरुले बिहे गरेका थिए।`

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here