चारआली ।

स्थानीय शहीद दशरथ चन्द माध्यमिक विद्यालय चारआलीले एक कार्यक्रमका बीच सामाजिक परीक्षण सार्वजनिकरण एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारबहादुर बुढाथोकीको सभापतित्व एवम् मेचीनगर नगरपालिका सामाजिक विकास संयोजक हृदयचन्द्र राजवंशीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लेखनाथ पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहायक प्रधानाध्यापक तुलसा मैनालीको स्वागत गरेको कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष केशव न्यौपाने, प्रकाश बाँस्तोला, मोहन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पूर्वाञ्चल दैनिकका कार्यकारी व्यवस्थापक होमप्रसाद अधिकारीको आतिथ्य रहेको कार्यक्रममा अन्तर शदनात्मक सामुहिक नृत्य प्रतियोगितामा ग्रीन हाउस प्रथम यल्लो हाउस द्वितीय रेड हाउस तृतीय र ब्लू हाउसले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।
बृहत अभिभावकहरूको सहभागिता रहेको कार्यक्रममा तिहारका देउसीभैलीका रोचक गीत तथा नृत्यहरू समेत विद्यार्थीले प्रस्तुत गरेको शिक्षक प्रतिनिधि टेकेन्द्र ढकालले बताए ।






























