फुलफल वितरण

0
550

भद्रपुर, भदौ २४ । झापा उद्योग बाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरले  एक कार्यक्रमका बिच फुलफल तथा जुस वितरण गरेको छ ।

संघको ५७ औ स्थापन दिवसको अवसरमा मेची अञ्चल अस्पताल भद्रपुरका विरामीहरुलाई फलफुल तथा जुस वितरण गरेको हो ।

संघका अध्यक्ष नवराज पनेरु (राजु) को नेतृत्वमा गएको टोलीले अस्पातलका ७० जना बढी विरामीलाई फलफुल तथा जुस दिएका थिए ।

कार्यक्रममा अस्पतालका मेसु पिताम्बर ठाकुर, वरिष्ठ उपाध्यक्ष कालाीचरण बस्नेत, उद्योगी, व्यापारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

वि.स. २०१६ साल भदौ २३ गते झापाका उद्योगी व्यापारीको हक अधिकारका लागि स्थापित यस संघले आफ्नो स्थापना दिवसमा प्रत्येक बर्ष सामाजिक कार्य गर्दै आइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here