गोलधापबासीको उदाहरणीय कार्य

0
312

झापा,भदौ २७ । सरकारको मात्र मुख नताकी एक आपसबाटै जुटाएर बिभिन्न बिकास निर्माण गर्दै आएका झापा गोलधापबासीहरुले अर्को उदाहरणीय कार्य गरेका छन् । उनीहरुले आफ्नै खर्चमा गोलधाप प्रहरी चौकीको घेरावारा गरी प्रतिक्षालय र प्रहरी बिट निर्माण गरिदिएका छन् । १२ लाख ८५ हजार ६ सय १७ रुपैयाको लागतमा उनीहरुले प्रहरी चौकीको घेराबारा, प्रतिक्षालय र प्रहरीबिटको निर्माण गरिदिएका हुन् । जसको आज एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक शैलेस थापा क्षेत्रीले उद्घाटन गर्नुभयो । उहाँले प्रहरीले जनताको सहकार्यमा मात्र काम गर्न सक्ने भन्दै त्रासले हैन अब प्रहरीले स्नेहले शासन गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाले दसैको छेकोमा कुनै प्रहरीले पैसा माग्न आएमा नदिन भन्दै त्यसका बारेमा आफुलाई तत्काल फोन गर्न आग्रह गर्नुभयो । निर्माण समितिका अध्यक्ष दिलकेशर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व प्रधानपञ्च मानप्रसाद लिङ्देन, पुर्व गाविस अध्यक्ष त्रिलोचन मैनाली, राप्रपा नेपालका जिल्ला उपाध्यक्ष कमल खरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ढुण्डीराज गिरी, नेपाली कांग्रेसका डम्बरसिंह सिगु, एमालेका त्रिलोचन सापकोटा, माओबादी केन्द्रका श्रीनारायण न्यौपाने, शिव कटुवाल, चन्द्रकला राई, टङ्कीनाथ योङ्हाङ, भक्त प्रसाद शाहशंकर, नरेन्द्र शेर्मा, याम कुमार राई लगायतले बोल्नु भएको थियो । त्यस अवसरमा निर्माण कार्यमा सहयोग पुर्याउने प्रहरी चौकी गोलधापका प्रहरी सहायक निरिक्षक हेम प्रसाद लामिछाने लगायत बिभिन्न दाताहरुलाई सम्मान गरिएको थियो । गिता राईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन धर्म शिवाकोटीले गर्नुभएको थियो । यसअघि गोलधापबासीहरुले जागृति क्याम्पस, बिभिन्न मठ मन्दिर लगायतका बिकास निर्माण जनश्रमदानबाट निर्माण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here