अर्जुनधारा,भदौ २७ । रुपरत्न मेमोरियल अङग्रेजी उच्च माध्यमिक विद्यालय शनिअर्जुन–२को आयोजनामा लागुपदार्थ सम्बन्धी एक दिवसीय मनोशिक्षा कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
विद्यालयको सभाहलमा आयोजित सो कार्यक्रम विद्यार्थीहरुलाई लागुपदार्थ र त्यसको असरका विषयमा चेतना अभिवृद्धी गर्ने उद्धेश्यले आयोजना गरेको बताइएको छ ।
टीपीओ नेपालका बुद्धीप्रसाद पाण्डेले सहजिकरण गरेको कार्यक्रममा कक्षा ११, १०, ९ र ८का विद्यार्थीहरुको उल्लेखनीयरुपमा सहभागिता रहेको थियो ।
विद्यालयले आगामी दिनमा विद्यार्थीहरुका अभिभावकहरुलाई लक्षित गरी अभिभावकत्व सम्बन्धी कार्यक्रम गर्ने विद्यालयका संस्थापक प्रधानाध्यापक प्रभुकुमार श्रेष्ठले बताए ।