शनिश्चरे,भदौ २७ । सहनशील महिला बचत तथा ऋण सहकारी संस्था शनिअर्जुन–१को सातौं वार्षिक चुनावी साधारण सभा आइतबार सम्पन्न भएको छ ।
स्थानीय सामुदायिक भवनको सभाहलमा संस्था सञ्चालन समितिकी अध्यक्ष ज्ञानकुमारी थापाको सभापतित्वमा आयोजित सभाको प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाकी सञ्चालक मीना ढकालले उद्घाटन गरेकी थिइन् ।
सभामा समितिका सचिव पम्फा विश्वकर्माले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक विपना चापागाईंले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गत आर्थिक वर्ष ०७२÷०७३मा चार लाख सात हजार एक सय रुपैयाँ वृद्धि गरी जम्मा शेयर पूँजी ३२ लाख ५२ हजार आठ सय रुपैयाँ पु¥याएको संस्थाको खुद नाफा दुई लाख ५५ हजार ६४ रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यसैगरी गत आर्थिक वर्षमा एक करोड ७३ लाख दुई हजार छ सय ८९ रुपैयाँ बचत संकलन गरी एक करोड ६६ लाख ८२ हजार ८ सय ६५ रुपैयाँ फिर्ता गरेको संस्थाले एक करोड ७० लाख ९५ हजार छ सय २७ रुपैयाँ ऋण लगानी गरी एक करोड ५७ लाख छ हजार एक सय १९ रुपैयाँ असुली गरेको छ ।
संस्थाका सल्लाहकार समिति सदस्य बद्रीप्रसाद ओलीलाई नेपाली टोपी ओढाई सम्मान पत्रसहित सम्मानित गरिएको सभामा असल ऋणीतर्फ कमला गिरी, गंगा तामाङ र रेनुका कोइरालालाई मायाको चिनोबाट पुरस्कृत गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट बचतकर्तातर्फ रनमाया विश्वकर्मा र सीता सुवेदी, बाल बचतकर्तातर्फ ओजस्वी दवाडी र रीतीका काफ्लेलाई मायाको चिनोबाट पुरस्कृत गरिएको थियो ।
सभामा डिभिजन सहकारी कार्यालय झापाका वशीष्ठ अधिकारी, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका कृष्णप्रसाद चापागाईं, जलेश्वर बहुउृद्धेश्यीय सहकारी संस्थाकी कल्पना दाहाल, प्रज्वला महिला तथा अपाङ्ग बहुउद्धेश्यीय सहकारी संस्थाकी अध्यक्ष इन्दिरा दाहाल, श्रद्धा कृषि सहकारी संस्थाका देवीप्रसाद पाठक, त्रिनेत्र बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष केशवकुमार खड्का, सल्लाहकार समितिकी संयोजक सरस्वती सिटौला, सम्मानित व्यक्तित्व ओलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
ऋण समितिकी संयोजक डम्बरकुमारी सत्यालले स्वागत गरेको सभाको सञ्चालन संयुक्तरुपमा सचिव विश्वकर्मा र सदस्य पूर्णीमा सिटौलाले गरेका थिए ।
त्यस्तै सोही सभाले आगामी तीन वर्षे कार्यकालको लागि पुनः थापाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
नवगठित समितिको उपाध्यक्षमा सविता लिम्बू, सचिवमा पम्फा विश्वकर्मा चयन भएका छन् भने सदस्यहरुमा चन्द्रा ओली, जोवा राजवंशी, डम्बरकुमारी सत्याल, डील्लीमाया सिटौला, पुनम सुवेदी, पूर्णीमा सिटौला, वीना तुलाधर र शान्ता तामाङ रहेका छन् ।
सोही सभाले सञ्चिता चौधरीको संयोजकत्वमा सदस्यद्धय गंगा गिरी र सुजाता रसाइली रहेको तीन सदस्यीय लेखा समिति चयन गरेको छ ।