ट्राफिक सक्रियताले दुर्घटनामा कमी

0
529

{नरेन्द्र ढकाल}
बिर्तामोड, कात्तिक २४। तराईका पाँच जिल्ला मध्ये झापामा पछिल्लो समय सवारी दुर्घटनामा कमी आएको छ ।
सवारीको चाप इटहरी पूर्व अधिक भए पनि ट्राफिक प्रहरीको सक्रियताले सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
झापाका दुर्घटनारहीत महाअभियान शुरु हुनु, ट्राफिक प्रहरीले राडरगनको प्रयोग गरेर सवारीको गति नाप्नु, तीब्र गतिका सवारीलाई कारबाही गर्नु, मापसे तथा लाइसेन्स चेक जाँचलाई तीब्र बनाउनु, सवारी चालक तथा सहचालकलाई ट्राफिक नियम बारे प्रशिक्षण दिनु लगायतका कारणले मोरङ, सुनसरी, सप्तरी, सिराह जिल्लाभन्दा झापामा सवारी दुर्घटनामा कमी आएको तथ्याङ्कमा उल्लेख छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३÷२०७४ को कात्तिक १७ गतेसम्ममा सबैभन्दा धेरै सुनसरी जिल्लामा १६७ वटा सवारी दुर्घटना भएको र उक्त अवधिमा २७ जनाको मृत्यु भएको छ । त्यस्तै सोही अवधिमा मोरङमा ११५ दुर्घटना हुँदा ४० जनाले ज्यान गुमाउनु परेको थियो । तराईका जिल्ला मध्ये सिराहमा उक्त समयमा ८० वटा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै सोही अवधिमा सप्तरीमा ६३ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सोही अवधिमा झापामा ६४ वटा सवारी दुर्घटना हँुदा २२ जनाले अकालमा नै ज्यान गुमाउनु परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख पवन गिरीले बताए । तथ्याङ्कलाई आधार मान्दा पूर्वका ५ जिल्ला मध्ये झापामा सवारी दुर्घटनामा कमी आएको छ । सवारीको चाप बढ्दै गए पनि ट्राफिक प्रहरीको सक्रियतामा झापामा दुर्घटना कम गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गिरीको भनाइ छ ।
झापामा पूर्व–पश्चिम राजमार्गको काँकरभिट्टा देखि मावा खोलासम्म ५५ किलोमिटर दुरीमा ट्राफिक प्रहरीले निगरानी गर्ने गरेको छ भने सहायक राजमार्गतर्फ पनि ट्राफिक प्रहरीको उपस्थिति रहेको जनाइएको छ ।
झापामा सरदर पाँच सय ठूला र एक हजार साना सवारी दैनिक रुपमा सञ्चालन हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी याम खड्काले जानकारी दिए ।
झापामा दुर्घटनाको मुख्य कारण भनेको बजार क्षेत्र बाहेक खुल्ला स्थानमा तीब्र गतिमा सवारी चलाउनु रहेको खड्काको भनाइ छ । ४० वर्ष अगाडि सडक निर्माण भए पनि त्यसको स्तरोन्नति नहुनु तर वर्षेनि सवारीको चाप बढ्नुले पनि सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीको भनाइ छ ।
यसैबीच पछिल्लो समय शहरीकरण बढ्दै गएकाले पुरानो बस बिसौनीहरु बजारको मध्यभागमा पर्न थालेको छ । ती बिसौनीलाई नसारेमा दुर्घटना बढ्न सक्ने ट्राफिक प्रहरी प्रमुख गिरीको भनाइ छ ।
जिल्ला प्रहरीको
नाममा रकम असुल्दा।।।
बिर्तामोड, कात्तिक २४। आफूलाई घुमुवा प्रहरी भएको बताउँदै जिल्ला प्रहरी कार्यालय झापाको नाममा सर्वसाधारणबाट रकम उठाएको आरोपमा मंगलवार एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चकचकी–१ निवासी २८ वर्षीय जाफर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । उनलाई प्रहरीको विशेष टोलीले राजगढबाट पक्राउ गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापालाई मासिक ५० हजार रुपैयाँ बुझाउनुपर्ने भन्दैै आलमले सर्वसाधारणबाट रकम असुल्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिए । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय झापामा अनुसन्धानका लागि राखेर केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।

भारतमा नेपाली पक्राउ
बिर्तामोड, कात्तिक २४। भारत पश्चिम बंगालको शिलगढीमा भारतीय प्रहरीले ठूलो परिमाणमा विष्फोटक पदार्थसहित तीन जना नेपालीलाई पक्राउ गरेको छ ।
स्थानीय प्रहरीले लामो अनुसन्धानपछि ठूलो परिमाणमा जिलेटिन, आरडीएक्स डेटोनेटरसहित दार्जीलिङ मोडमा डेरा गरी बसेका दावा गुरुङ, पूजा लिम्बू र कृष्णप्रसाद अधिकारीलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट जिलेटिन छ सय ९ थान, दुई सय थान डेटोनेटर र छ सय तीस मीटर तार बरामद गरेको शिलगढीका पुलिस आयुक्त सीएस लेप्चाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
पश्चिम बंगालको व्यस्त शहर शिलगढीमा छठ पर्वको समयमा ठूलो मात्रामा विष्फोटक पदार्थ भेटिनुले स्थानीयवासी आतंकित भएका छन् । सोमवार पत्रकार सम्मेलन गर्दै पुलिस आयुक्त लेप्चाले विशेष सूचनाका आधारमा लामो खोजपछि उनीहरुलाई पक्राउ गरिएको जनाएका थिए । पक्राउ परेका तीनै जनालाई शिलगढी महकुमा अदालतबाट थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । उनीहरुको माओवादी लगायतका उग्रवादी संगठनहरुसँग संलग्नता रहेको प्रहरीले जनाएको छ ।
भारतको शिलांगमा कोइला खानीमा काम गर्ने उनीहरु छ महिनाअघिदेखि शिलगढीमा डेरा लिएर बस्दै आएको बताइएको छ । विष्फोटक पदार्थको खरिदकर्ता बनेर पुलिसले उनीहरुलाई पक्राउ गरेको जनाउँदै थप अनुसन्धानका लागि सीआइवीको टीम कलकत्ताबाट आएको पुलिस आयुक्त लेप्चाले जानकारी दिएका छन् ।

विद्युत चोरी गरेर मिल चलाउ“दा।।।
बिर्तामोड, कात्तिक २४। विद्युत चोरी गरी राइस मिल सञ्चालन गर्ने झापा खुदुनावारीका एक व्यक्ति कारवाहीमा परेका छन् ।
दुईवटा फेज मिटरबाट वाइपास गरी खुदुनावारीमा राजु राइस मिल सञ्चालन गर्ने राजु श्रेष्ठ ९दार्गा० कारवाहीमा परेका हुन् । उनीबाट नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले दुई लाख ५ हजार ६ सय ६० रुपैयाँ जरिवाना गरेको छ ।
विगत लामो समयदेखि उनले खुदुनावारीमा विद्युत चोरी गरी मिल सञ्चालन गरेपछि उनलाई कारवाही गरी उनीबाट उक्त रकम राजश्व असुली गरिएको अनारमनी वितरण केन्द्रका केन्द्र प्रमुख राजीवकुमार सिंहले बताए ।
पछिल्लो समय झापाका विभिन्न स्थानमा हुकिङ गरी विद्युत चोरी गर्ने क्रम बढेको जनगुनासो बढेपछि प्राधिकरणले निगरानी बढाएको केन्द्र प्रमुख सिंहको भनाइ छ । तिहारअघिबाट प्राधिकरणले विशेष अभियान नै सञ्चालन गरेर विद्युत चुहावट नियन्त्रण अभियान शुरु गरेको र हालसम्म कार्वाहीबाट ६ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको उनको भनाइ छ ।
यसैक्रममा प्राधिकरणले मंगलबार शनिअर्जुन नगरपालिकाको बजार क्षेत्रबाट पानी तान्ने दुई हर्स पावरको एकथान मोटर र ९ थान विद्युत मिटर बरामद गरेको छ । घरमा जडान गरिएको मिटरबाट पनि विद्युत चोरी गरेकाले त्यस्ता मिटर बरामद गरेको केन्द्र प्रमुख सिंहले बताए ।
यसअघि खुदुनाबारी, शनिश्चरे, चम्पापुर, सुरुङ्गा, दहीझोडा, जुकेखाडी, दुर्गापुर लगायतका क्षेत्रबाट ठूलो परिमाणमा विद्युत मिटर, मिलमा प्रयोग गरिएका ठूला मोटर र पानी तान्ने मोटरसहित विभिन्न इलेक्ट्रोनिक्स सामग्री बरामद गरिएको थियो ।
पत्रकार श्रेष्ठ अस्वस्थ
बिर्तामोड, कात्तिक २४। राष्ट्रिय समाचार समितिका पूर्व मेची अञ्चल प्रमुख अमृतलाल श्रेष्ठ अस्वस्थ्य भएका छन् ।
उनको दुबै मृगौलाले काम गर्न छाडेपछि विगत एक महिनादेखि गम्भीर विरामी परेका हुन् । २०४२ सालबाट राष्ट्रिय समाचार समितिमा प्रवेश गरेको उनी २०७१ सालमा सेवा निवृत्त भएका थिए । मेचीनगर नगरपालिका–१ धुलाबारी स्थायी घर भएका उनी २०३१ सालबाट पत्रकारिता पेशामा संलग्न भएका थिए ।
झापाका पुराना पत्रकारको रुपमा परिचित उनी अहिले मृगौलाको डायलासिस गरेर घरमै बसेका छन् । ‘ढुंगामाथि तरेलिएका फूल र पातहरु’ कविता संग्रह, ‘अन्तहीन यात्रा’ कविता संग्रह, ‘हुट्टिट्ँयाउले आकाश थामेको देश’ कविता संग्रह, ‘क्यात्तुके फूल’ कथा संग्रह र ‘स्मृतिका ती दिनहरु’ संस्मरण सँगालो प्रकाशन गरिसकेका उनी साहित्यकारका रुपमा समेत परिचित छन् ।
२०१३ सालमा भक्तपुरको इनाचोटोलमा जन्मिएका उनले लामो समयसम्म सरकारी सेवामा रहेर काम गरे पनि आर्थिक अभावका कारण उपचारमा आफूलाई समस्या भएको बताएका छन् । उनी अहिले बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी हस्पिटलबाट मृगौलाको डायलासिस गरिरहेका छन् । उनी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद तथा नेपाल प्रेस युनियनको समेत पार्षद हुन् ।
नेपाल विजयी
बिर्तामोड, कात्तिक २४। नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार ब्रुनाइमाथि ३–० को शानदार जीत हासिल गर्दै नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । यसअघि नेपालले टिमोर लेस्टेविरुद्ध गोलरहीत बराबरी खेलेको थियो । ब्रुनाईले भने टिमोरलाई ४–० ले हराएको थियो ।
नवयुग श्रेष्ठले अन्तर्राष्ट्रिय चौथो गोल गर्नेक्रममा नेपाललाई अग्रता दिलाए । ७२औं मिनेटमा भरत खवासले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाए । मनोबल उच्च बनाएको नेपालले ८०औं मिनेटमा अग्रतालाई तेब्बर ग¥यो । पेनाल्टी बक्सभित्र बिमल घर्तीमगरलाई ब्रुनाईका खेलाडीले लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बिमलले नै गोल गरे । यो जीतसँगै नेपालले पछिल्लो समयको गोलविहीन यात्रालाई समेत टारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here