गोबरग्याँस प्लान्टको निर्माणमा कमी

0
431

झापा, मंसीर १५। बढ्दो शहरीकरणसँगै मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण वैकल्पिक उर्जाको रुपमा प्रयोग हुने गोबरग्याँस प्लान्टको निर्माणमा पछिल्लो समय कमी आउँदै गएको छ ।af8570b629565ac7a6da85d003de8ac9
पछिल्लो समय एलपी ग्याँसको प्रयोगमा बढोत्तरी भएसँगै गाईवस्तुको गोबरबाट ग्याँस उत्पादन गरी खाना पकाउन प्रयोग गरिने गोबर ग्याँसको निर्माणमा कमी आएको हो । हरेक बर्ष हिउँद शुरु भएपछि गोबर ग्याँस प्लान्ट निर्माणको सिजन शुरु हुन्छ ।
पछिल्लो समय गोबर ग्याँस प्लान्टको लागि माग कम आउन थालेको मेची गोबरग्याँस कम्पनीका दमक शाखा प्रमुख गोपाल ढकालले बताए– ‘अघिल्लो बर्ष मंसीरको पहिलो हप्तासम्ममा ४५ वटाभन्दा बढी प्लान्टको काम शुरु गरिएको थियो । यसबर्ष यही समयमा १५ वटामात्रै काम शुरु हुँदैछ’ – ढकालले भने ।
मानिस गाईवस्तु पाल्न छाडेर सौखिन हुन थालेको र एलपी ग्याँस गाउँ–गाउँमा पुगेकाले पनि गोबरग्याँस बनाउनेमा कमी आएको उनले बताए । उता सूर्योदय गोबरग्याँस कम्पनीका पूर्वाञ्चल प्रमुख युवराज दाहालले पनि हरेक बर्ष गोबरग्याँस प्लान्टको लागि माकमा कमी आउँदै गएको बताए ।
मोरङको कोसीहरैंचास्थित विराटचौकमा कार्यालय खोलेर पूर्वाञ्चलभरि प्लान्टको काम गर्दै आएका दाहालले आर्थिक वर्ष २०७१÷०७२ मा पूर्वाञ्चलमा ६ सय ९० वटा प्लान्ट निर्माण गरेकोमा गत आर्थिक बर्ष २०७२÷०७३ मा एकैचोटी घटेर २ सय ४५ वटा मात्र निर्माण गरेको बताए । मंसीरको दोस्रो हप्ता सम्ममा ६० वटा जति प्लान्टको मात्रै माग आएको उनको भनाई छ । सूर्योदय गोबर ग्याँसका युवराज दाहाल भने– ‘सरकारी पोलीसीका कारण पनि गोबर ग्याँसको मागमा कमी आएको छ ।’ गोबर ग्याँस प्लान्ट राख्ने परिवारलाई सरकारले दिने भनेको अनुदान रकममा हरेक बर्ष परिवर्तन भइरहने हुँदा आपूmहरुले प्लान्ट निर्माण गर्न नसकेको दाहालले बताए ।
‘हामीले निर्माण सम्पन्न भइसकेपछि सरकारलाई अनुदानको लागि माग गर्नुपर्छ अनि रकम कहिले प्राप्त हुने हो टुंगै हुँदैन । काम गरेको एक बर्षपछि मात्रै रकम प्राप्त हुनाले पनि काम गर्ने जाँगर नरहेको हो’ –दाहालले भने ।
मोरङमा मात्रै ७८ हजार गोबर ग्याँस प्लान्ट राख्न सक्ने सम्भावना रहेको आपूmहरुको अध्ययनले देखाएको दाहालले बताए । त्यसमा हिलेसम्म मोरङमा जम्मा १४ हजार जतिमात्रै प्लान्ट निर्माण भएका छन् । यता झापामा ७० हजार जति प्लान्ट निर्माण गर्ने सम्भावना भए पनि अहिलेसम्ममा २२ हजार जति मात्रै निर्माण भएका छन् ।
झापाका जिल्ला उर्जा अधिकृत किशोर कोईरालाले गोबर ग्याँस प्लान्ट निर्माणमा जिल्ला विकास समितिले हरेक बर्ष कार्यक्रम गरिरहेको बताए । एकपटक लगानी गरेर निर्माण गरिने गोबर ग्याँसमा एलपी ग्याँसको जस्तो पटक–पटक रकम लगानी गरिरहनु नपर्ने भएकोले शुरुको लागत ठूलो देखिए पनि तुलना गर्दा धेरै रकम बचाउन सकिने कोईरालाले बताए ।
चार जनाको परिवारलाई छ घन मिटरको गोबरग्याँस प्लान्ट निर्माण गर्न जम्मा ५५ हजार रुपैयाँ जति लाग्ने र त्यसमा पनि २५ हजार रुपैयाँ सरकारी अनुदान दिने भएकोले जम्मा ३० हजार रुपैयाँ लगानी गर्ने हो भने बर्षौ बर्ष ढुक्क हुन सकिने कोईरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here