लोकतान्त्रिक अपाङ्ग संघमा ढकाल

0
405

बिर्तामाड, मंसीर १५। नेपाली कांग्रेसको क्षेत्र नं. २ मा सम्पन्न क्षेत्रीय भेलाले भातृ संगठनका रुपमा रहेको लोकतान्त्रिक अपाङ्ग संघ गठन गरेको छ ।
गठित समितिको संयोजकमा लक्ष्मी ढकाल रहेकी छिन् । समितिको सदस्यमा सुवितलाल राजवंशी, गोपाल न्यौपाने, नारायणप्रसाद बास्तोला, उग्र राजवंशी, लीला भट्टराई, विष्णुकुमारी अधिकारी, मुक्तिनाथ सुवेदी, पुष्पलाल राजवंशी रहेका छन् ।
त्यस्तै महाधिवेशन प्रतिनिधितर्फ ऋषि चापागाई र दिपक थापा चयन भएका छन् । यसैगरी जिल्ला प्रतिनिधितर्फ सीमा केसी, तोकप्रसाद दुलाल, अम्बिका बास्कोटा, यादवप्रसाद खवास, मुक्तिनाथ सुवेदी चयन भएका छन् ।
क्षेत्र नं. २ का क्षेत्रीय सभापति नविन विमलीको सभापतित्वमा भएको कार्यक्रम अपाङ्ग संघका केन्द्रीय सदस्य ऋषि चापागाईको प्रमुख आतिथ्यमा भएको थियो ।
दिपक थापाले स्वागत गरेको कार्यक्रममा युवराज विमली, उर्मिला गौतम, भोजराज सिटौला, रनमाया रसाइलीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव रमेश पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here