नेका क्षेत्र नं. ५ को कार्यसमिति बिस्तार

0
422

बिर्तामोड, मंसीर १५। नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ ले क्षेत्रीय समिति बिस्तार गरेको छ ।
बुधबार पार्टीको क्षेत्रीय कार्यालय भएको भेलाले क्षेत्रीय समितिको बिस्तार गरेको हो । क्षेत्र नं. ५ का सभापति जयनारायण साहको अध्यक्षतामा भएको भेलाले उपसभापतिमा कमलप्रसाद भण्डारी, सचिव समनाथ भुषाल, सह–सचिव शंकर तुम्वापो चयन गरेको छ ।
त्यस्तै भेलाले चार वटा विभागीय समिति समेत गठन गरेको छ । गठित विभागीय समितिहरुमा शिक्षा तथा स्वास्थ्य विभागको संयोजक देवराज कार्की, आदिवासी जनजाति विभाग प्रमुखमा पहलमान श्रेष्ठ, मधेसी, मुश्लिम, पिछडावर्गको संयोजकमा अब्जर हुसेन र महिला विभाग प्रमुखमा पुनम चुडाल चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here