सिमसारमा डुबेर एक वृद्वको मृत्यु

0
523

 

उर्लाबारी (मोरङ), २६ माघ । मोरङको उर्लाबारी–७ स्थित बेतेनी सिमसारमा डुबेर आज दिउँसो एक वृद्धको मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरेर सिमसारको पोखरीमा पौडी खेल्न पसेका उर्लाबारी–७ कै ६३ वर्षीय वृद्ध रत्नबहादुर भण्डारीको मृत्यु भएको हो ।

मृतक भण्डारीको शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here