गाँजासहित महिला पक्राउ

0
361

सुरुङ्गा (झापा) ९ वैशाख । गाजासहित प्रहरीले झापाको मेचीनगर नगरपालिका – ६ स्थित भन्सार कार्यालायको गेटबाट आज एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका– ७ निवासी ५१ वर्षीया अल्का राजवंशी रहेकी छिन् ।
ब्याग भित्र प्लाष्टिकमा पोको पारेर लुकाई छिपाई गाँजा नेपाल भित्र्याँदै गरेको अबस्थामा उनको साथबाट प्रहरीले आधा किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राजवंशीलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गाँजा सहित पक्राउ परेकी राजवंशीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here