छात्रामाथि अनैतिक कार्य !

0
484

घैलाडुव्वा, वैशाख २६ । छात्रामाथि अनौतिक कार्य गरेको भन्दै झापाको कनकाई नगरपालिकामा रहेको एक विद्यालयका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले आज निलम्वनका लागि जिल्ला शिक्षा कार्यालय झापालाई सिफारिस गरेको छ ।
कनकाई नगरपालिका – ९ स्थित घैलाडुब्बामा रहेको आर्दश विद्या मन्दिर उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोला ढुङ्गेलले कक्षा ६ मा अध्ययनरत छात्राहरुलाई अनैतिक कार्य गरेको भन्दै अभिभावकले विद्यालय प्रशासनलाई उजुरी गरेपछि विद्यालय व्यवस्थापन समितिको आकस्मिक वैठकले निलम्वनको सिफारिस गरेको हो । अंग्रेजी विषय पढाउदा विद्यार्थीको संवेदनशील अंगमा छुने, सुम्सुम्याउने,चिमोटी दिने लगायतका अनौतिक क्रियाकलाप गरेपछि छात्राले शिक्षिकालाई खवर गरे लगत्तै घटना सार्वजनिक भएको थियो । गत २१ गते अंग्रेजी विषय पढाउँदा पढाउँदै कक्षा ६ मा अध्ययनरत एक छात्राको स्तनको निप्पल निमोठेर घाउ बनाईदिएको भन्दै विद्यार्थीले शिक्षिकालाई भनेपछि घटना सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएलगत्तै आज विद्यालय प्रशासनले आकस्मिक बैठक बोलाएर दुई दिनका लागि विद्यालय समेत बन्द गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक योनदेन सुनुवारले बताउनुभयो । उहाँले भन्नुभयो–‘छात्रामाथि शिक्षकले अनौतिक क्रियाकलाव गर्ने गरेको घटना सार्वजनिक भए लगत्तै अभिभावकले विद्यालय घेराउ गर्दै उनीमाथि कारवाहीको माग गरेकाले हामीले दुई दिनका लागि विद्यालय बन्द गरेका हौं ।’ विद्यालयको वातावरण असहज भयो उहाँले भन्नुभयो–‘ विद्यालयमा कुनैपनि अप्रिय घटना नघटोस भनेर विद्यालयको असहज परिस्थितिलाई ध्यानमा राख्दै विद्यालय बन्द गरेका हौं ।’
यता छात्रामाथि अनौतिक क्रियाकलाव गर्ने शिक्षक फरार रहेकाले उनलाई विद्यालयमा झिकाएर कानूनी कारवाही गरिनुपर्ने माग गर्दै अभिभावकले आज विद्यालयमा तालावन्दी गरेका छन् । सयको संख्यामा विद्यालय पुगेका अभिभावकले विद्यालयको मूल गेट र प्रधानाध्यापकको कार्यकक्षामा तालाबन्दी गरेका हुन् ।
शिक्षक ढुङ्गेलले विगत लामो समयदेखि कक्षा ५ र ६ का छात्रालाई अनौतिक क्रियाकलाव गर्ने गरेको विद्यालय प्रशासनमा उजुरी परेको प्रधानाध्यापक सुनुवारले बताउनुभयो ।
यता अभिभावकले शिक्षकमाथि कानूनी कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घैलाडुब्बामा निवेदान समेत दिएको प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here